झिलझिले, २४ कार्तिक–झापाको झिलझिलेमा आयोजना गरिएको शिवसताक्षी भेट्रान कपको उपाधि भद्रपुर भेट्रान क्लबले उचालेको छ ।
झिलझिलेस्थित खेलमैदानमा आज (बिहिबार) सम्पन्न दमक भेट्रान क्लबलाई २–१ गोलअन्तरले हराउँदै भद्रपुर भेट्रान क्लबले उपाधि हात पारेको हो ।
उपाधि हातपारेसँगै विजेता टिमले नगद ५० हजार सहित ट्रफि, मेडल, र प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजेता टिमले नगद ३० हजार सहित ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरेको आयोजक झिलझिले भेट्रान क्लबले जनाएको छ ।
प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियोगिता कार्तिक १५ गतेदेखि सुरु भएको थियो भने प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए ।
