दमक, २५ कात्तिक–नेकपा (माओवादी केन्द्र) प्रदेश १ उपाध्यक्ष मणिकुमार साम्पाङ्ग ‘बिजय’ले झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा (ख) बाट उम्मेद्वार रहेका गगन पुरीलाई पार्टिले प्रदेशको भाबी मन्त्रीको रुपमा अघि सारेको बताउनु भएको छ ।
आज (शुक्रबार) गठबन्धनको चुनावी कार्यक्रम अन्तर्गत दमक वडा नम्बर १ फाल्गुनन्द चौकको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका प्रदेश उपाध्यक्ष बिजयले विकास प्रेमी नेता पुरीलाई पार्टिले आगामी मन्त्री रुपमा अगाडि सारेको बताउनु भएको हो ।
कार्यक्रममा बिजयले आगामी निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने र पुरी यस क्षेत्रबाट निर्वाचित भए पार्टिले प्रदेश मन्त्री बनाउने बताउनु भयो ।
प्रदेश क्षेत्रको भूगोललाई बुझेको सरल र सबैलाई समेटन सक्ने पुरीको विकास निर्माणको प्रेमिल छविका कारण पनि पुरीको जित निश्चित रहेको उहाँले बताउनु भयो ।
पुरी क्षमतावान र बिकाशप्रेमी नेता भन्दै बिजयले यस क्षेत्रको बिकाशका लागी पनि पुरी सहित गठबन्धनको टिमलेनै जित्नु पर्ने बताउनु भयो ।
संघ र प्रदेसमा गठबन्धनकै सरकार बन्ने भएकोले यहाँ बिकाशका योजनाहरु ल्याउन पनि गठबन्धनकै उम्मेद्वारले जित्नु पर्ने माओवादी नेता बिजयले जिकिर गर्नु भयो ।
