बिर्तामोड, २५ कात्तिक–नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गर्नु परेको बताएका छन् ।

सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अंकुश लगाउने कार्य गरेको भन्दै त्यस्ता प्रेस स्वतन्त्रता विरोधी कदम कदापि स्वीकार्य नहुने गरेको उनले स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारणसभाको आज बिर्तामोडमा उद्घाटन गदै अध्यक्ष पोखरेलले सञ्चार माध्यमले निर्वाचन आचारसंहिता उल्लंघनका विषयलाई लिएर जथाभावी रुपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनु पर्ने औल्याए । प्रेस काउन्सिल बाहेक राज्यका कुनै पनि निकायले सञ्चार संस्था र सञ्चारकर्मीमाथि समाचार लेखेकै विषयलाई लिएर स्पष्टीकरण सोध्ने अधिकार नभएको अध्यक्ष पोखरेलको भनाई छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ १ नं। प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, केन्द्रीय सदस्य अमर खड्का, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महासंघ झापाका शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रममा पत्रकार महासंघ झापाको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने फाटो पत्रकार शरद जोशीलाई सम्मान समेत गरिएको थियो ।

बुलेटिन विमोचन
यसैबीच महासंघ झापा शाखाले प्रकाशन गरेको चौथो अङ्ग नामक बुलेटिन विमोचन गरिएको थियो । वुलेटिनको विमोचन कार्यक्रमका प्रमुख अतिथि पोखरेल , विशेष अतिथि घिमिरे लगायतले संयुक्त रुपमा गरे ।

साधारणसभामा महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, प्रदेश समिति कोषाध्यक्ष बुद्धि लामिछाने विमल, अग्रज पत्रकार नकुल काजी, पूर्वअध्यक्षहरु गोविन्दचन्द छेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, माधव विद्रोही, कृष्ण हुमागाई, भीम नेम्वाङ, तारामणि सापकोटा, रासस झापा प्रमुख विशेष अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी बल नेपाल २ नं गणका सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहोरा, राष्ट्रिय अनुसन्धान झापाका उपअनुसन्धान निर्देशक तिलक प्रसाईं, नियोग झापाका अध्यक्ष डा. रुपक खनाल, अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेल, नेपाल भारत मैत्री संघ बिर्तामोडका पूर्वअध्यक्ष मोहन ढकाल, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेल, नेपाल अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, मारवाडी सेवा समिति बिर्तामोडका सहसचिव दिपक मित्तल लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा संस्थाका सचिव डिकेश लामाले सचिव र कोषाध्यक्ष रञ्जित प्रसाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *