दमक, २५ कार्तिक–समाज सुधारक तथा १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३८औ जन्मजयन्ती आज शुक्रवार विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

यसैक्रममा दमक १ फाल्गुनन्द चौंकमा रहेको शालिकमा सामूहिक रुपमा पूजाआजा गर्नुका साथैं उनको जीवनीमाथि चर्चा गरिएको थियो ।

फाल्गुनन्द स्मारक व्यवस्थापन समितिका अध्यक्ष धनजीत राईको अध्यक्षतामा भएको जयन्ती विशेष कार्यक्रममा किरात धर्मका अगुवाहरुले किरात धर्मका महागुरु समाज सुधारक मात्र विश्व शान्ति तथा मानव कल्याणका लागि पथप्रर्दशक भएको जोड दिए ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका प्रवक्ता डिल्ली चाम्लिङ, झापा-५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा खगेन्द्र पाण्डव अधिकारी, प्रदेश सभा  २ का उम्मेदवार गगन पुरी, फाल्गुनन्द स्मारक व्यवस्थापन समितिका संरक्षक मनोजकुमार राई , फाल्गुनन्द टोल विकास समितिका अध्यक्ष कमल आङदेम्बे, किरात याक्थुङ चुम्लुङ झापाका जिल्ला अध्यक्ष शेसेहाङ फियाक,चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलका प्रिन्सीपल चन्द्रप्रकाश राई लगायतकाले महागुरुको योगदानका बारे चर्चा गरेका थिए ।

यसैगरि ,दमक- ६ स्थित भिसी रामबहादुर वेघा प्रतिष्ठान तथा किरात युमा माङहिमले पनि फाल्गुनन्द जयन्ती मनाएको छ । प्रतिष्ठानले रयाली निकाल्नुका साथैं रतुवा खोलामा पुगेर किरात धर्म संस्कृति अनुसार उभौली तथा गालीश्राप बहन्ती गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *