एजेन्सी, २७ कार्तिक–इंग्लिस प्रिमियर लिगमानै शीर्ष चारमा रहेको टोटेनह्यामले लिड्स युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै आफ्नो दाबेदारी कायम राख्यो।

प्रतिस्पर्धात्मक खेलमा टोटेनह्यामले खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर लिड्स युनाइटेडमाथि ४-३ को रोमाञ्चक जित निकाल्यो।

घरेलु मैदानमा टोटेनहमको जितमा रोड्रिगो बेन्टनकरले दुई तथा ह्यारी केन र बेन डेभिसले समान एक-एक गोल गरे। लिड्सका रोड्रिगोले दुई तथा क्राइसेन्सियो समरभिलीले एक गोल गरे।

जितसँगै टोटेनहम १५ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *