एजेन्सी, २७ कार्तिक–इंग्लिस प्रमियर लिगमा चेल्सीको खराब लय भने कायम रह्यो। चेल्सीले लगातार तेस्रो हार ब्योहोर्ने क्रममा न्युक्यासलसँग स्तब्ध बन्यो।
शनिबार राति भएको खेलमा न्युक्यासलले चेल्सीलाई १-० ले पराजित गर्दा जोए विलकले गरेको एकमात्र गोल निर्णायक बन्यो। जितसँगै न्युक्यासलले भने तेस्रो स्थानमा आफालई कायम राख्न सफल भयो।
चेल्सीको १४ खेबाट २१ अंकका साथ ८ औ स्थानमा छ। न्युक्यासल भने १५ खेलबाट ३० अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
त्यस्तै अन्य खेलमा बोर्नेमाउथले एभर्टनलाई ३-० ले पराजित गर्दा नोटिङहम फरेस्टले क्रिश्टल प्यालेसलाई १-० ले हरायो। त्यस्तै लेस्टर सिटीले वेस्टह्यामलाई २-० ले पराजित गर्यो।
