एजेन्सी, २७ कार्तिक–प्रिमियर लिग फुटबलमानै लिभरपुलले साउथह्याम्पटनलाई ३-१ ले पराजित गर्दै अंक तालिका सुधार गर्‍यो।

खेलको छैटौं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको नवौं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि लिभरपुलले अग्रता बढायो। लिभरपुलका डार्विन नुनेजले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल थपेका थिए। जितसँगै लिभरपुलले १४ खेलमा २२ अंक जोडेको छ। लिभरपुल छैटौं स्थानमा उक्लिएको छ।​

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *