उर्लाबारी, २८ कात्तिक–कामना सेवा विकास बैंक उर्लाबारी शाखाले उर्लाबारीस्थित श्रीदेवीस्थान दुर्गा मन्दिरलाई तीन थान डस्विन प्रदान गरेको छ ।
बैंकको पथरी शाखा प्रमुख राजेश कुइकेलका अनुसार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उर्लाबारी ७ स्थित देवीस्थान दुर्गा मन्दिर तीन थान डस्विन प्रदान गरेको हो । मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गर्दै बैंकका तर्फबाट एक नम्बर प्रदेस प्रमुख खिमलाल भुषालले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार रिजाललाई डस्विन हस्तान्तर गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै बैंकका प्रदेश प्रमुख भुषालले मन्दिरलाई स्वच्छ तथा सफा राख्नका लागि बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केहि थान डस्विन प्रदान गर्न पाउदा खुशि ब्यक्त गरे । उनले बैंकले विभिन्न समयमा वित्तिय
साक्षरता, सरसफाई, तथा विभिन्न सामाजिक, धार्मिक स्थल तथा विद्यालयहरुमा सहयोग गर्ने गरेको तथा आगामि दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै, सोहि कार्यक्रममा मन्दिरलाई क्यूआर कोड सहितको दान पेटिका समेत हस्तान्तरण गरिएको छ । प्रविधि यूक्त दान पेटिकाले मन्दिरलाई दान गर्न चाहाने ब्यक्तिले क्यू आर कोडबाट सिधै मन्दिरको खातामा दान दिन मिल्ने व्यवस्था मिलाईएको कामना सेवा विकाश वैंक उर्लाबारी शाखाका प्रमुख सुनिल शर्माले जानकारी दिए ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष ज्ञानेन्द्र ओली, सचिब ज्ञानेन्द्र प्रसाद आचार्य, बैंकका क्लस्टर हेड रामचन्द्र राई लगायको उपस्थिति रहेको थियो ।
