दमक, २८ कार्तिक–दमक ६ मा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्थाको चुनावी ११औ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
शनिबार, २६ कार्तिकदेखि दमकस्थित कलश सहकारी संस्थाको कार्यालयमा सञ्चालन भएको इकाई (क्षेत्रिय) स्तरको वार्षिक साधारण सभा आज (आइतबार) संस्थाको कार्यालयमा संस्थामा आवद्ध शेयर सदस्यहरु स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुसहित उत्कृष्ट कारोबार गर्नेहरु, बाल बचत, जेष्ठ नागरिक बचत, महिला तथा नारी बचतकर्ता र कर्मचारीहरुलाई मान सम्मान र पुरुस्कार वितरण गरि ११औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । साथैं, संस्थाको आगामी तिन वर्षका लागि नयाँ नेतृत्व चयन हुने बताइएको छ । संस्थालाई गतिशिल र वित्तिय क्षेत्रमा उत्कृष्ट बनाउन योजना भएका व्यात्तिलाई नेतृत्व प्रदान गरिने भएको छ ।
कलश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा शनिबार कार्यालयमा आयोजित ११औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आर्थिक वर्ष २०७८।०७९ का प्रगति विवरणसहित आगामी कार्यक्रम र योजनासहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा संस्थाको कुल शेयर पुंजी रु २ करोड ३७ लाख रहेको उल्लेख छ । त्यस्तैं, संस्थाको कुल बचत रु २० करोड माथी छ भने कर्जा लगानीतर्फ रु १८ करोड रहेको छ ।

शनिबारबाट स्ुरु भएको वार्षिक साधारणसभा आइतबार र सोमबार कार्यालयमा क्षेत्रिय स्तरमा शेयर सदस्यहरुलाई निमन्त्रण गरिएको र उनीहरुलाई वार्षिक प्रतिवेदन वितरण गरिएको संस्थाका अध्यक्ष घिमिरेले जानकारी दिए । सस्थाले यसवर्षदेखि सदस्य राहत कार्यक्रमहरु अघि सारिएको घिमिरेले बताए ।
संस्थामा आवद्ध सदस्यको प्राकृतिक बिपतीमा परे, दुर्घटना भए, कुनै जटिल रोग लागे, सर्पदश उपचार खर्च, सुत्केरी भता, सदस्यको छोराछोरीले उत्कृष्ट अंक ल्याइ कक्षा १२ पास गर्ने विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहन वापत पुरुस्कार वितरण गर्ने लगायतका प्रभाकारी कार्यक्रम र योजनाहरु ल्याइएको अध्यक्ष घिमिरे बताउ्रँछन् । सहकारी संस्थालाई सदस्यमुखी बनाउन र सदस्यहरुको जीवन यापनमा वित्तिय साहायता गर्न विशेष योजनाहरु सञ्चालन गरि दमकमा अब्बल दर्जामा स्थापित गराउने अध्यक्ष घिमिरेले बताए ।
सस्थाका अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई उपाध्यक्ष युवराज (सागर) खनालले स्वागत मन्तव्य र व्यवस्थापक शेखर बाबु भट्टराई सञ्चालन गर्नुभएको थियो । सो कार्यक्रममा दमकका पुराना व्यवसायी बिजय बराल, सामाजिक अगुवा रोशन बिष्ट, दमकका स्वास्थ्य उद्यमी तथा व्यवसायी गणेश प्रधान लगायतका दमक र कमल गाउँपालिकाका शेयर सदस्यहरु, सामाजिक व्यात्तित्वहरु र उ्रद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
संस्थामा २ हजार ५ सय शेयर सदस्यहरु छन् भने संस्थाको कार्यालयमा १४ जाना कर्माचारिहरु कार्यरत रहेका छ्न् ।
