दुल्लु, २९ कार्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन अरू निर्वाचनभन्दा निकै फरक रहेको बताएका छन्। आगामी मंसिर ४ गते हुने निर्वाचनको चुनावी सभालाई आज दैलेखको दुल्लुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कर्णालीको विकासमा गठबन्धन सरकारले उल्लेख्य काम गर्ने विचार व्यक्त गरे।

उनले अहिले मुलुकमा दुई गठबन्धन रहेको बताउँदै कर्णालीको विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिन प्रचण्डले आग्रह गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *