धरमपुर, ३० कार्तिक–बढ्दो सहरीकरण र  जनसंख्यासंगै राजमार्गमा सवारी साधनको चापले झापाको धरमपुर चौकस्थित पूर्व बसस्टेण्डलाई स्थानान्तरण गरिएको छ । धरमपुर बजार व्यवस्थापन समितिको आयोजनामा धरमपुर चौकको पूर्व बसस्टेण्डलाई साविकको स्थानबाट स्थानान्तरण गरिएको हो ।

बुधबार, बिहान धरमपुर बजार व्यवस्थापन समिति र धरमपुर पेशा व्यवसायी संघका पदाधिकारीहरु, सदस्यहरु, इलाका प्रहरी, ट्राफिक प्रहरी र स्थानीयवासीहरुको भेलाले बस स्टेण्डलाई सारिएको हो । धरमपुर चौकको उत्तरतर्फ सार्वजनिक सौचालयमा आवत जावत गर्ने, धरमपुर चौकबाट राजमार्गमा प्रवेश गर्ने सवारीसाधन र पूर्व–पश्चिमबाट धरमपुर चौकहुदैं दक्षिणीतर्फ प्रस्थान गर्ने यात्रुहरुलाई बस स्टेण्डको कारण साना–ठूला दुर्घटना हुने गरेकोले जोखिम न्यूनिकरण गर्न बस स्टेण्ड सारिएको धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीले जानकारी गराए ।

दमकस्थित सडक बिभाग कार्यालयसंग बस स्टेण्डका कारण दुर्घटना हुने गरेको र सो जोखिम न्यूनिकरणका लागि भएपनि बस स्टेण्डmलाई नजिकै स्थान्त्रण गर्न धरमपुर बजार व्यवस्थापन समिति मार्फत पहल भएको सचिव मोहन सेनचुउरीले जानकारी दिए । बस स्टेण्डलाई सार्नका लागि धरमपुर बजार व्यवस्थापन समितिको अगुवाईमा यसअघि स्थानीयवासी, व्यवसायी, सवारी चालकहरुसँग छलफल र अन्तरक्रिया भइसकेको बजार व्यवस्थापन समितिका सेनचुउरीले बताए ।

साविकको बस स्टेण्ड परिसरमा रोक्न निशेषका ट्राफिक चिन्हसहितको सामाग्रीहरु राखिएको र नवनिर्मित बस स्टेण्डमा बस बिसौनीसहितको बोर्ड राखिएको धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीले जानकारी दिए ।

त्यस्तैं, आजै धरमपुर चौकहुदैं दक्षिणीतर्फ छोटो दुरीमा सञ्चालित अटो र सिटी रिक्साका लागि स्टेण्ड निर्माण गरिएको छ । दक्षिणी क्षेत्रबाट धरमपुर चौकमा आएका अटो र सिटी रिक्सालाई पाकिङ गर्ने स्थान र सो स्थानबाट क्रमशः पालोमा राखिने स्टेण्ड निर्माण गरिएको हो । चौकमा जथाभावी अटो र सिटी रिक्सा पाकिङले धरमपुर चौकको सुन्दरतालाई कुरुप बनाएको र दुर्घटना समेत हुने भएकोले पार्किङ गर्नेस्थानमा अनिबार्य राखेर पालोका लागि स्टेण्डमा ल्याउनुपर्ने धरमपुर पेशा व्यवसायी संघका अध्यक्ष पेमा लामाले बताए ।

सो कार्यक्रममा धरमपुरका सामाजिक अगुवा चन्द्रवीर नेम्बाङ, शिबसताक्षी–१ धरमपुरका कार्यवहाक वार्ड अध्यक्ष नारायणप्रसाद रिजाल, बुदिजीबि जयकुमारी चेम्जोङ, धरमपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार संखर, धरमपुर पेशा व्यवसायी संघका सचिव खगेन्द्र प्रसाद दाहाल, बजार व्यवस्थापन समितिका सहसचिव दुर्गा चेम्जोङ, रिठ बहादुर राई, व्यवसायी तथा साहित्यकार निहाङ किराती, कलाकार धिरज परियार, देउमान चेम्जोङ, रिता न्यैपाने, रुपमणि चौहान लगायत, इलााका प्रहरी कार्यालय झिलझिले, ट्राफिक प्रहरी झिलझिलेका प्रतिनिधि, स्थानीयवासी र व्यवसायीहरुको उपस्थिती थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *