दमक, ३० कार्तिक–झापा क्षेत्र न ५ प्रदेशसभा (२) का युवा उम्मेदवार गगन पुरीले यस क्षेत्रमा यातायात र घरेलु कार्यालय नहुदाँ स्थानीयले समस्या खेप्नुपरेको भन्दै आफूले जिते ती कार्यालय दमकमा ल्याउने बताएका छन् ।

आज दमक वडा नम्बर ८ को घरदैलो सहितको कोणसभामा बोल्दै उम्मेद्वार पुरीले यस क्षेत्रका बासिन्दाका लागि मुख्यतय ती दुई सरकारी अडडा आबश्यक भएको भन्दै आफूले जिते एकबर्ष भित्र ती कार्यालय दमकमा ल्याउने प्रतिवद्धता समेत जनाए ।

विकासका लागि आफूले काम गर्ने उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार पुरीले यस क्षेत्रलाई झापाकै समृद्धि ठाउँ बनाउने आफ्नो एकमात्र एजेण्डा भएको बताए ।

उम्मेद्वार पुरीले विकास र समृद्धिको एजेण्डा र काम गर्ने क्षमता आफनो प्रतिष्पर्धीसंग नभएको भन्दै गफ गर्नेलाई नभएर काम गर्नेलाई मत दिनु पर्ने धारणा राखे ।

स्थानीय मतदाताहरुले बषौंदेखि एउटै पार्टीलाई मत दिँदा पनि स्थानीय बिकास निर्माणका समस्या जहाँको त्यही भएको भन्दै यसपटक परिवर्तनको पक्षमा रहेकाले उम्मेद्वार पुरीसहित गठबन्धनका उम्मेद्वारलाई बिजयी गराईछाड्ने विश्वास दिलाएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *