झिलझिले, ३० कार्तिक–झापा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएर जाने तयारी गरिरहेका नेकपा (एमाले) का उम्मेदवार एलपी साँवा लिम्बूले चुनावी प्रचारप्रसारलाई शसक्त सहित तिब्र पारेका छन् । उनी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको एमालेका साझा उम्मेदवार हुन् । खासगरी, भौगलिक दृष्ट्रिकोणले झापा क्षेत्र नं ४ माइखोला पूर्वपश्चिमको भू–भाग र भारतिय सीमावर्तीका पालिकाका वडाहरु पर्दछ ।
निर्वतमान सांसद समेत रहनुभएका झापा ४ का प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार साँवालाई आजभोली के दिन, के रात जस्तै भएको छ । उनको चुनावी प्रचारप्रसारका अभियानले यस्तै बोध गराउँछ ।
साँवाले माइखोलादेखि पूर्वतर्फ कनकाई नगरपालिका र झापा गाउँपालिकाका वडाहरु र टोल स्तरीय सभा र घरदैलो कार्यक्रम सम्पन्न गरेपछि माई पश्चिमका शिबसताक्षी, गौरादह–९ को बैगुनधुरा, गौरिगञ्ज–१ माहाभारा र गौरिगञ्ज–२ कोरोबारीमा घरदैलो र कोणसभा सम्पन्न गरिसकेका छन् ।
दक्षिणी क्षेत्रका मतदाताहरुको समस्यादेखि चुरे घाँटीसंग जोडिएका गाउँका मतदाताहरुको समस्याहरुलाई उचित संम्बोधन गर्न प्रतिवद्धता गरिसकेका उम्मेदवार साँवाले मतदाताहरुप्रती आशा र भरोषामा छन् । अघिल्लो पटक आफ्नो नेतृत्वमा क्षेत्रमा भएका ठूलठूला योजना र विकाशे कामले मतदाताहरु खुशी भएको उम्मेदवार साँवा बताउँछन् ।
आजै, शिबसताक्षी–८ लगायत अन्य वडाहरुमा उम्मेदवार साँवा र प्रदेश सभा सदस्यका उम्मेदवार राधाकृष्ण खनालसहित स्थानीय कमिटीका नेता–कार्यकर्ताहरुले मतदाताहरुको घरदैलो गरिसकेका छन् ।
वडा नं ८ को डुडामारी, बुद्ध चौक, सम्झाना चौक, थेचम्बु, श्रीजंघा चौक, विकास चौक, शेर्मा चौक, मत्न्दिर टोल, गुराश चौक, रत्न चौक, ढुङ्गेल चौक, हाँट खोला र झिलझिले बजार लगायतको गाउ्रँल टोलका मतदाताहरुलाई भेटघाट गरेका नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा युवा नेता सुरज रिङ्गालुङ राईले जानकारी दिएका छन् ।
