धनकुटा, ३ मंसीर–धनकुटा जिल्ला साँगुरीगढीमा खटिएकी एक कर्मचारीको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका–३ सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा अचानक बेहोस भइ ढलेकी लिम्बूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *