दमक, ४ मंसिर–झापाको एउटा मतदान केन्द्रमा बम विष्फोट भएको छ । मतदान चलिरहेका बेला झापा गाउँपालिका वडा नं २ स्थित कुवाडी देवी मावि मतदान केन्द्रमा बिहान १० बजेर २० मिनेटमा सुतली बम विष्फोट भएको हो ।

मतदान गरिरहेको ठाउँबाट करिब ३० मिटर टाढा भएको बम विष्फोटबाट क्षति नभएपनि ठूलो आवाजका साथ बम पड्किएको मतदाताहरुले बताएका छन् ।

विष्फोटपछि आधा घण्टा मतदान रोकिएको थियो । केहीबेर अघिबाट मतदान सुचारु भएको हाम्रा संवाददाता बरत राजवंशीले जनाएका छन् । कुवाडी देवी मावि झापा गाउँपालिकाकै सबैभन्दा बढी मतदाता भएको मतदान केन्द्र हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *