दाङ, ४ मंसिर–नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ ।

आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने भन्दै बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट एमाले बनेर देश विकास गर्ने बताउनुभयो ।

एमाले महासचिव शंकर पोखरेलले देशमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *