काठमाडौं, ५ मंसिर–आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ।

दक्षिण अमेरकी राष्ट्रलाई जित दिलाउन कप्तान भ्यालेन्सियाले नै दुई गोल गरे। तर १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इक्वेडरले अग्रता लिएको थियो।

त्यस्तै खलेको ३१ औं मिनेटमा उनै भ्यालेन्सियाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। दोस्रो हाफमा भने दुवै पक्षबाट गोल हुन सकेन। जितपछि इक्ववेडरले तीन अंक जोडेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *