मेचीनगर, ५ मंसिर–झापा निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा अन्तर्गत पछिल्लो अपडेटमा विश्वप्रकाश शर्मा र अग्नी खरेलबीचको मत अन्तर तीन हजार नाघेको छ ।

निर्वाचन अधिकृत टंकमणी महतले दिएको जानकारीमा अहिलेसम्म १२ हजार ७९४ मत गणना हुँदा शर्माले ६ हजार ७९३ तथा खरेलले ३ हजार ७०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै ओमनाथ भण्डारीले १ हजार १५४ मत प्राप्त गरेका छन् । त्यस्तै ढल्केको छाता ५०, साइकल ७९, लौरो ४५, शंख ४३, भाले १९३, खुकुरी २६, कमल फूल ६, तारा ४, महिला ३, क्रस खुकुरी १६ तथा मुडाले ५ मत प्राप्त गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *