काठमाडौं, ६ मंसिर–झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ९ हजार १ सय १ मतको अग्रतामा हुनुहुन्छ ।

केहीबेर अघि निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार ओलीको २१ हजार १ सय ६७ मत आँउदा गठबन्धनका खगेन्द्र अधिकारीले १२ हजार ६६ मत पाउनु भएको छ ।

झापा क्षेत्र नं ५ मा करिब १ लाख मत खसेकोमा हालसम्म ४२ हजार मत गणना भइसकेको निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *