दमक, ७ मंसिर–झापा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा राप्रपाकी सविना बजगाईं विजयी भएकी छन् ।
बुधबार सम्पन्न अन्तिम मत परिणामबाट सत्ता गठबन्धनका श्यामवीर लिम्बुलाई हराउँदै सविना प्रदेश सदस्यमा चुनिएकी हुन् ।
बजगाईंले १३६२१ मत पाउँदा लिम्बुले १२२२५ मत पाएका छन् । राप्रपाले यस क्षेत्रमा नेकपा एमालेसँग तालमेल गरेको थियो ।
