माधवकुमार नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष जारी छ । जारी समस्या समधानको निम्ती अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच अनेकौं छलफल र बसाई भए पनि समधानको शुत्र भेटिएको छैन । अन्तरबिरोध गहिरिदै गएको छ । यही मेसोमा २१ साउन २०७७ मा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा बिट हेर्ने पत्रकार र आफू निकटका पत्रकारलाई पछिल्लो अवस्थाको बारेमा ‘बिफ्रिङ्ग’ गरेका थिए । बहुचर्चित यो कार्यक्रममा वरिष्ठ नेताले के भनेका थिएः वरिष्ठ नेताको भनाई जस्ताको तस्तैः

पार्टी एकताको पक्षमा उभिनु भएका, सबै खालका गुटबन्दीका बिरुद्धमा रहनु भएका, पार्टी बिभाजन गर्ने बिरुद्ध दृढताको साथ आफ्नो ठाउँबाट उभिरहनु भएका र पार्टीमा सबैलाई समेटेर एकताबद्ध बनाएर लैजाने पक्षमा उभिनु भएकाहरुलाई हामीले सम्झेका हौं । कतिपय साथीहरु छुट्नु भएको पनि होला । कम्युनिस्ट पार्टीलाई नेपाली जनताले ठूलो आशा र विश्वासका साथ मुलुकको बागडोर सम्हाल्न अवसर दिएका छन् ।

यो अवसरलाई हामीले योग्यता, क्षमता र सामूहिक बुद्धिको आधारमा अनि आजसम्मका अनुभवका प्रकाशमा हामीले जिम्मेवारी सम्हाल्नु छ । हामीले हाम्रो घोषणापत्र र पार्टी एकता गर्दा हामीले विचार अघि सारेका छौं, समाजवाद उन्मुख अर्थनीति बनाएर समाजवादको आधारशिला तयार गर्ने । यसैका आधारमा जनताले हामीलाई विश्वास गरेका छन् । जनताका ती अपेक्षाहरु, चाहनाहरु कति मात्रामा पूरा गर्न सक्यौं रु सक्यौं सकेनौं रु छलफल गर्ने उपयुक्त ठाउँ पार्टी कमिटी हुन्छ ।

केन्द्रको हकमा केन्द्रीय कमिटी हो । त्यो नससकेको अवस्थामा पोलिटब्यूरो हुनुपर्ने हो । पोलिटब्यूरोको नामैबाट तर्सिने भएकोले अहिलेसम्म बनेको छैन । विधानको सिधै उल्लंघन भएको छ । त्यसपछि रहेको स्थायी कमिटी त तर्साउने भूत भएको छ । बैठकको नाम लियो कि राति निद्रा नलाग्ने अवस्था भएको छ ।

अब पार्टीका बिभिन्न निकायहरु । पार्टीका निकायहरु सचिवालय होस्, स्थायी कमिटि होस् वा केन्द्रीय कमिटि । प्रदेशको हकमा प्रदेश कमिटिहरु, जिल्लाको हकमा जिल्ला किमिटिहरु, स्थानीय तहका कमिटिहरु, बिभिन्न जनवर्गीय संगठनसम्बद्ध कमिटीहरु नियमितरुपमा सञ्चालित हुनुपर्ने हो । तर, आज अवस्था के छ भने पार्टी एकीकरणको काम अघि बढ्न सकेको छैन ।

पार्टी एकीकरणका काम टुंग्याउने भनेर धेरैपटक प्रतिवद्धता जाहेर गरियो, त्यो समयमा कहिल्यै हुन सकेन । जबकि एकीकरणको यो काम टुंग्याउन कुनै गाह्रो छैन । पहिलो दिन बसेर एउटा विधि तोकिदिएको भए एक हप्तामा गर्न सकिन्थ्यो । यो एकीकरणको पहिलो अनुभव होइन । हाम्रो आफ्नै अनुभवका आफ्नै श्रृखला छ । विगतमा पनि हामीले बडो कुशलताका साथ काम गरेका छौं । अहिले पनि गर्न सकिन्छ । तर, विधिमा पर्छ ।

पारदर्शी ढंगले नचल्ने, म नै राज्य हुँ, म नै पार्टी हुँ भन्ने मान्यता भएकाले एकीकरणको काम पूरा हुन सकेको छैन । अहिलेसम्म पनि सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, लेखा, निर्वाचन किमटि, अनुशासन कमिटि यी कुनै पनि कमिटी बनेको छैन । यो सबै हेर्दा एक प्रकारले लठिभद्र अवस्था छ । एकप्रकारले पार्टी कागजमा सीमित हुन पुगेको छ । हजारौं हजार कार्यकर्ता असंगठित अवस्थामा छन् । र हप्ता, दिन महिना होइन वर्ष बितिसकेको छ । चिन्ता हुनुपर्ने ठाउँमा चिन्ता छैन । यी सबैले गर्दा हामी चिन्तित बनेका छौं । तर, अझ के ब्याख्या गर्न खोजिँदैछ भने म त महाधिवेशनबाट आएको हुनाले कसैले हटाउन सक्दैन । यसबारे धेरै बताइरहनु पर्लाजस्तो लाग्दैन ।

तत्कालिन दुई पार्टीका अध्यक्षलाई आ आफ्नो केन्द्रीय कमिटिको तर्फबाट अधिकार प्रदान गरियो । प्रापत अधिकारको आधारमा दुबै पार्टी विघटन गरियो । दुबै पार्टी बिघटन गरिएपछि नयाँ पार्टी र त्यसको संगठनात्मक स्वरुप अगाडि सारियो । केन्द्रीय समिति घोषणा गरियो । केन्द्रीय कमिटिको बैठक बस्यो र अनुमोदन र्गयो । र, त्यसकै आधारमा विधान बन्यो र सिंगो पार्टी त्यही विधानबाट चल्नुुपर्छ । कसैको मनोगत व्याख्याबाट चल्न सक्दैन ।

तपाईहरुले के बुझ्नुपर्छ भने यो पार्टी कुनै व्यक्तिविशेषले चलाइरहेको छ कि रु यो भ्रममा रहनुहुँदैन । हामी सबैको आ-आफ्नो जिम्मेवारी होला, त्यो जिम्मेवारी विधानले गरेको व्यवस्था अनुसार होला । विधान पल्टाएर हेरौं, पार्टी अध्यक्षका अधिकारहरु के-के छन् रु पार्टीको घोषणामा के लेखिएको छ ? हिजो मात्रै एकजना सम्मानित व्यक्ति मकहाँ आएर भन्नुभयो, दुईनेताका बीचमा सहमति हुन नसक्दा, महाधिवेशनसम्म सहमतिबाटै चल्नुपर्ने भएकाले कमरेडले विचौलियाको भूमिका खेल्नुपर्यो । मलाई पो विचौलिया बन्न भन्यो । यहाँ विचौलियाहरु बदनाम भइरहेका छन् । मैले पो विचौलियाको भूमिका खेल्नुपर्ने रे । मैले पो सेटिङ्ग गर्दै हिड्नुपर्ने रे ।

अनि मैले उहाँलाई विधान पढेर सुनाएँ । दङ्ग पर्नुभयो । ल हेर्नुस्, मसँग ओरिजिनल कागज छ, यहाँ त प्रष्ट लेखेको छ, की पार्टी भनेको लेलिनवादी संगठनात्मक सिद्धान्तको आधारमा, सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वका आधार प्रणालीको आधारमा सञ्चालित हुनेछ । पार्टीका सबै निर्णयहरु संगठनात्मक प्रणालीका आधारमा हुनेछन् ।

विधानले गरेको आन्तरिम व्यवस्थाका आधारमा हुने छ । बिधानको धारा ६० मा आँखा गयो । चस्माको पावर कम हुनेले पनि पढ्न सक्ने गरी बोल्डमा लेखेको रहेछ । बहुमतको निर्णय पार्टीको निर्णय । केही कन्फ्युजन नरहने गरी त्यो बेला कस्तो बुद्धि पुयाइएछ । शीर्षक नै लेखिएको रहेछ, बहुमतको निर्णय पार्टीको निर्णय ।

तर, अहिले स्थायी कमिटीमा भएकाहरुले कस्तो ब्याख्या गर्दैछन् भने महाधिवेशनसम्म जम्मै कुरो सहमतिबाट हुन्छ । ती मित्रले बिर्सिए, माधव नेपाल पनि यही कमिटीको एउटा महत्वपूर्ण व्यक्ति हो । सुरुदेखि कराइरहेको छ । फरक मत राख्नुस् भनेपछि खुरुक्क राखेर बसेको छ । अनि हामी फरक मत राखेर बस्दा हुने, अध्यक्ष फरक मतमा रहन सक्दैन रु अध्यक्षको पनि फरक मतमा रहन सक्छ ।

सचिवालय छ भने ५ जनाले गर्ने कमिटीको निर्णय हुन्छ । विवाद भयो भने स्थायी कमिटीमा जान्छ । त्यहाँबाट बहुमतले गर्ने निर्णय पार्टीको हुन्छ र केन्द्रीय कमिटीमा जान्छ । महाधिवेशन अगाडि केन्द्रीय कमिटी अन्तिम निकाय हुन्छ र बहुमतले निर्णय गर्न सक्छ । यसबारे तपाईहरु पनि प्रष्ट हुनुस्, पार्टी विचार, नीति र पद्दतिबाट चल्छ । र, यो सबैले पालना गर्नुपर्छ । आफ्नो आफ्नो तहको कमिटीभित्र कमिटी प्रणालीबाट चल्नुपर्छ । अहिले यसमै समस्या खडा भएको छ ।

समाजवादको कुन मोडलमा जाने रु बहुदलीय जनवादबारे के लेखिएको छ रु पार्टीमा बहस गर्न सकिन्थ्यो । यसबारे जेठ ३ को घोषणामा प्रष्ट देखिएको छ । हाम्रा लागि राष्ट्रको हित पहिलो हो । दोस्रो, जनताको हित हाम्रो केन्द्रविन्दुमा हुनेछ । तेस्रो, हामी कम्युनिस्ट भएकाले कम्युनिस्ट पार्टीको हित केन्द्रमा हुनेछ । त्यसबाटै हामी गाइडेड हुनुपर्छ । सबै व्यक्ति गौण हुन्छ । मान्छे आउँछन्, जान्छन्, आन्दोलन चलिरहन्छ ।

यसै सन्दर्भमा मैले हेरेँ चर्चा गर्न खोजेको थिए, समस्या कहाँ छ त ? पार्टीको बैठक समयमा नबस्ने । तपाईहरु देख्दै हुनुहुन्छ, अहिले हाम्रा अध्यक्ष र वरिष्ठ नेता सधैं धाइरहनुभएको छ बालुवाटारमा फकाउनका लागि । एकजना कमरेडले म्यासेज पठाउनुभएको थियो, बैठकबाट डराउने नेता, पानीबाट डराउने किसान को केही काम छैन ।

पार्टीको बैठकमा त हामी जस्तोसुकै विषयमा छलफल गर्दै आएका छौं । ताततातो भएको छरातोपिरो भएको छ । टेबुल ठोकाठोक भएको छ र, हल पनि भएको छ । सहमतिबाट भए सहमतिबाट, नभए बहुमतबाट हल हुन्छ । हामी कहिले बहुमतमा रहेका छौं, कहिले अल्पमतमा रहेका छौं । आफ्नै कमिटीका मान्छेले मान्दैनन् भने जबरजस्ती गर्न पाइँदैन । त्यसो हुनाले केही असमझदारी, अविश्वास छ भने बसौं, छलफल गरौं र सहज ढंगले पार्टीलाई अगाडि बढाउने काम गरौं । हाम्रो जोड यही हो ।

नियमित बैठक बसौं भनेका थियौ तर बैठक बसे पनि गम्भीर छलफल नहुनु, बीचबाटै छाडेर जानु र निरन्तर गुटगत क्रियाकलाप जारी राख्नु समस्या हो । पार्टी विधिसम्मतरुपमा नचलाउनु र पार्टी कागजमा सीमित हुनु, जनवर्गीय संगठनको एकता टुंगो लगाउन नसक्नु, आफूखुसी आफ्ना गुटका अयोग्य मान्छे वा गोजीबाट फुत्त निकाल्दै नियुक्ति दिने गरेको भ्रष्ट र आसेपासेहरुको संरक्षण हुने गरेको, पार्टीमा असहिष्णु व्यवहार हुने गरेको, पार्टीलाई बिसर्जनको अवस्थामा लाने गरेको छ सरकार सञ्चालनबारे पार्टीमा सल्लाह नहुनु जस्ता समस्या पनि देखिएका छन् ।

सरकारका कामबारे जनतामा गम्भीर प्रश्न खडा भएको छ । कुनै पनि सुझाव र आलोचनाप्रति असहिष्णु भएको, पार्टीमा चरम व्यक्तिवाद र कूटनीतिक मामिलामा समेत अयोग्यता प्रदर्शन गर्दै देशलाई गम्भीर नोक्सान पुर्याउने काम भएको छ । विषय यो हो । तर, बिषय पदको हारलुछ हो । पदको लडाई हो भनेर प्रचार गरिएको छ । त्यसका लागि माधव नेपाल बालुवाटार गएर प्रभु मलाई प्रधानमन्त्री वा अध्यक्ष बनाउनुर्पयो भनेर भन्यो भनेर समाचार सम्प्रेष्ण गरिएको छ । यो सबै गलत हो ।

मैले प्रष्ट भनेको छु, हामीले प्रष्ट पारेका छौं, यो पदको लडाइँ होइन । यो सुबिधाको लडाई होइन । पार्टीलाई क्रान्तिकारी बनाउने, गतिशिल बनाउने विधिसम्मत रुपमा सञ्चालन गर्न राम्रो संस्कार हुर्काउन, जनतामा आशा जगाउन र जनतामा नयाँ आशा र विश्वास जागृत गराउने हो ।

हामी पदका लागि लडेका पनि छैनौं । हामीले कुनै आग्रह-पूर्वाग्रह पनि पालेका छैनौं, बदलाको भावना पनि छैन । राम्रो होस् भन्ने सोचाईका साथ लागेका छौं । बैठकमा जानुर्पयो, छलफल गर्नुर्पयो । सहमति भए सहमति, नभए बहुमतको निर्णय मान्नुर्पयो । अनि आफूलाई अनुशासन नलाग्ने, अरुबारे चाहिँ कुरा गरेर केही अर्थ छैन । यही शिलशिलमा अहिले बहस जारी छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *