झापा, १२ असोज–इलामको सूर्योदय नगरपालिका–३ जिल गाउँमा आज भएको आगलागीबाट एउटा घर र गाडी जलेर नष्ट भएको छ ।

सोमबार बिहानको राति २ः३० बजे इलाम सूर्योदय -३ जिल गाउँ बस्ने सन्तुलाल तामाङको पक्की पिलर भएको काठले बनेको र टिनको छानो भएको एकतले सुत्ने घरमा भान्सा घरबाट आगलागी भएको हो । आगलागीबाट घर र घरभित्र रहेको सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट छिमेकी पासाङ तामाङले आफ्नो घर अगाडी पार्किङ गरी राखेको प्र १–०१–००२ च १३९३ नम्बरको डवल क्याप गाडी पनि पूर्णरुपमा जलेर नष्ट भएको छ ।

बिहान ३ः५०बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रविण जोशीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रहरी, सूर्योदय नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा उक्त आगो बिहान ४स५० बजे पूर्णरुमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *