दमक, १२ असोज–कमल–६ मा रहेको ढुकढुकी युवा क्लबले २२औँ साधारणसभा तथा ११औँ अधिवेशन सम्पन्न गरेको छ ।

क्लबको २२औं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि सुखराज आङ्दम्बेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

अधिवेशनबाट उपाध्यक्षमा दिनेश संग्रौला, सचिवमा दुर्गाबहादुर खड्का (दीपक), सह–सचिवमा प्रशान्त ताजपुरिया, कोषाध्यक्षमा निर्मला थापा र सह–कोषाध्यक्षमा झुमा संग्रौला चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा देवेन्द्र पराजुली, बहादुर ताजपुरिया, विक्रम राई, भावना खड्का, दिलकुमारी थापा, देवान वि.क., दिक्षान्त अधिकारी, रामबाबु शाह र लिला भण्डारी चयन भएका छन्।

यसैगरी, अधिवेशनले सागर रेग्मीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ। लेखा समितिको सदस्यमा कमल मिश्र र सिर्जना गेलाल चयन भएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *