भोजपुर, ८ मंसिर–प्रदेश नं १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव राजेन्द्र कुमार राई भोजपुरबाट प्रदेशसभाका लागि भारी मतान्तरले विजयी भएका छन् ।

भोजपुर प्रदेस ‘क’ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव समेत रहेका राईले १६११० मत ल्याई विजयी भएका हुन् । निर्वाचन आयोगले विजयीको औपचारिक घोषणा केही बेरमा गर्दै छ ।

जम्ममा खसेको ३२४०९ मतमा राजेन्द्र कुमार राई १६११० गरे । नेकपा एमालेका उम्मेदवार हरि बहादुर राईले १२२२३ मा चित्तबुझाउनु पर्यो । राजेन्द्रले हरिबहादुरलाई ३८८७ मतअन्तरले पराजित भएका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *