काठमाडौँ, ८ मंसिर–नेकपा (एमाल) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन् ।
ओलीले बिहीवार प्रचण्डलाई फोन गरेर बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
फोनमा ओलीले अब सहकार्य गरेर जान सकिने विषयमा जिज्ञासा राखेका छन् । ओलीले टेलिफोनका क्रममा पुरानो तिक्तता भुलेर आउँदा दिनमा सहकार्यबारे पनि कुरा गरेका छन् ।
प्रचण्डले पनि अहिले आफूले चुनावी परिणामको समीक्षा गरिरहेको र सहकार्य गर्न कुनै आपत्ति नरहेको जनाएका थिए ।
