उदयपुर, ९ मंसिर–प्रदेशसभातर्फ उदयपुर २ (१) मा सत्ता गठबन्धन दलका तर्फबाट माओवादीका राजन किराँती निर्वाचित भएका छन् । प्रदेश १ मा पहिलो पटक माओवादी केन्द्रका राजन किराँती एमालेका कुशलबाबु बस्नेतलाई १ हजार २४२ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् ।
निर्वाचित किराँतीले १५ हजार ९२ मत प्राप्त गरेका छन् । बस्नेतले १३ हजार ८४९ मत प्राप्त गरे । तेस्रो मत राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवाचन्द खड्काले २ हजार ६७९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत कृष्णप्रासद सुवेदीले बताए ।
२०७४ सालको निर्वाचन यस क्षेत्रमा एमालेका विमल कार्कीले १ हजार ५५७ मतले कांग्रेसका विदुर बस्नेतलाई हराएका थिए । त्यस बेला एमाले र माओवादी गठनबन्धनमा एमालेका कार्की उम्मेदवार थिए । अहिले माओवादी र काग्रेसको गठबन्धन हुँदा राई विजयी भएका हुन् ।
४४ वर्षीय राई ०६४ र ०७० सलाको निर्वाचनमा उदयपुर १ बाट माओवादीका तर्फबाट संविधान सभा सदस्यमा उम्मेदवार थिए । त्यस बेला किराँती तेस्रो भएका थिए । त्यो निर्वाचनमा अहिलेका परराष्ट्रमन्त्री तथा सत्तागठ बन्धन दलका तर्फबाट प्रतिनिधि सभाका साझा उम्मेदवार डा। खड्का विजयी भएका हुन् ।
