बाग्लुङ, ९ मंसिर–राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधि सभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय जनमोर्चा अध्यक्ष केसीले मंसिर ४ गते सम्पन्न चुनावमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताए ।

आज शुक्रवार मुख्य निर्वाचन कार्यालय बाग्लुङले आयोजना गरेको नव निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले स्थायी सरकार बन्ने वातावरण आफूले नदेखेको बताउँदै लोकतन्त्र खतरामुक्त नभएको बताए ।

उनले अहिलेको चुनाव निकै खर्चिलो भएको टिप्पणी गर्दै अबका दिनमा चुनावमा प्रतिस्पर्धा गर्नसक्ने अवस्था नरहेको बताए । उनले आफूलाई निर्वाचित बनाउने बाग्लुङका जनतालाई धन्यवाद दिँदै बाग्लुङको विकासमा आफूले सक्दो भूमिका खेल्ने बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *