झिलझिले, १७ मंसिर–दोस्रो पटकलाई आयोजना गरिएको बार्षिक साधारणसभा तथा अधिवेशन हुन नसकेपछि झापाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय संस्था सताक्षीधाम विकास समिति थप अन्यौलतामा अल्झिएको छ ।
सताक्षीधाम विकास समितिको कुल सदस्य संख्याको आधारमा गणपुरक नपुगेपछि यसअघिको अधिवेशनसहितको बार्षिक साधारणसभा स्थगित भएको थियो । सोही दिन, सताक्षीधाम विकास समिति र सल्लाहकार समितिको छलफलले मंसिर १७ गते शनिबारलाई बार्षिक साधारणसभा र अधिवेशन गर्ने सुचना प्रकाशित गरिएको थियो । तर, आज सताक्षीधाम परिसरमा आयोजना गरिएको बार्षिक साधारणसभा तथा अधिवेशनमा गणपुरक संख्या नपुगेपछि समिति अन्यौलतामा अल्झिएको हो ।
कुल एक हजार ३३ जना सदस्य संख्या रहेको सताक्षीधाम विकास संस्थाको आज आयोजित वार्षिक साधारणसभामा एक सय ७७ जनाले मात्रै हस्ताक्षर गरेका थिए । वार्षिक साधारणसभा सम्पन्नका लागि ५१ प्रतिशत नपुगेको भन्दै आजलाई तयार गरिएको कार्यक्रम स्थगित भएको सताक्षीधाम विकास समितिका सचिव उदयप्रकाश राईले जानकारी दिएका छन् ।

एक दशक अघि सताक्षीधामको विकास र संरक्षण गर्ने उदे्रश्यले स्थापना भएको धार्मीक तथा पर्यटकीय संस्था सताक्षीधाम विकास संस्थाको अधिवेशन सहितको बार्षिक साधारणसभा असपल भएको भन्दै स्थानीयवासी र सरोकारवालाहरुले समितिप्रती प्रश्न चिन्ह्र उठाएका छन् । १२ वर्षदेखि सताक्षीधाम विकास समितिको नेतृत्व हुन नसकिरहेकोमा स्थानीयवासी र सरोकारवालाहरु आक्रोशित भएका छन् ।
यता, सताक्षीधाममा सदस्य संख्यामा केही हेरवेदल गरिनुपर्ने र पुनःबिचर हुनुपर्ने धामी विकास समितिका अजिवन सदस्य तथा धरमपुरका सामाजिक अगुवा नेत्र नेम्बाङले बताए । पटक पटक आयोजना गरिने तर संख्याको आधारमा कार्यक्रम स्थगन गर्नुपर्ने भएपछि कुल सदस्य संख्याभित्र दिवगंत भएका व्याक्तिहरु र बसाई सराईको हिसावले अन्यत्र टाढा बसोबास गरिरहेकाहरुको संख्यालाई घटाइनुपर्ने नेम्बाङ बताउँछन् ।
अधिवेशन सम्पन्न गर्न समिति गठन
सताक्षीधाम विकास समितिको अधिवेशनसहितको बार्षिक साधारणसभाका लागि दिपक कुमार न्यौपानेको संयोजकमा निर्वाचन मण्डल गठन भएको छ । समितिको सदस्यहरुमा प्रेम रोक्का, डिल्लीरमण खतिवडा, प्रेम खड्का छन् । समितिको संयोजक न्यौपाने झिलझिले माध्यमिक विद्यालयका पूर्व प्रधानध्यापक हुन् । सताक्षीधाम मन्दिरको जानकार न्यौपानेको सहितको समितिले संस्थाको बिधान अनुसार अधिवेशन सम्पन्न गर्नेमा स्थानीयवासीहरु ढुक्क छन् ।

अध्यक्ष पदमा म्ख्यगरी आकाक्षीहरु बढ्दैं
आगामी कार्यकालको नेतृत्व गर्ने समिति समेत बनाइने गरीको साधारणसभा हुन नसकेपनि अध्यक्षमा आकाक्षीहरु थपिन्दैं आएका छन् । धाम विकास समितिका बर्तमान अध्यक्ष प्रसाद सुब्बा आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ । त्यस्तैं, वर्तमान सचिव उदयप्रकाश राईको पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा बढेको छ । उनी सताक्षीधाम विकास समितिमा सदस्य, सहसचिव हुदै सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।
त्यस्तैं, झिलझिलेका गोपाल (जगत वहादुर) श्रेष्ठले पनि सताक्षीधाम विकास समितिको अध्यक्षमा आकाक्षी देखाएका छन् । उनी सतासीधाम सामुदायीक बन उपभोक्ता समहुका पूर्व अध्यक्ष हुन् ।
यता, होटल, रेष्टुरे्न्टसंगै निर्माण व्यवसायमा सक्रिय झिलझिलेका युवा नेता तुला बोखिमले सताक्षीधाम विकास समितिको अध्यक्षमा आकाक्षा देखाएका छन् । बोखिम नेपाली कांग्रेस शिबसताक्षी नगरका प्रभावशाली नेता हुन् । उनी यसअघि कांग्रेस नगर सभापतिका समेत आकाक्षी हुन् ।
सभा औपचारिकतामै सिमित
सताक्षीधाम परिसरमा आयोजना गरिएको कार्यक्रम ढिलो गरेर शुभारम्भ भएको थियो । तोकिएको समय भन्दा झण्डै तिन घण्टा ढिलो सुरु भएको कार्यक्रमको अध्यक्षता सताक्षीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले गरेका थिए । सो कार्यक्रमका प्रमुख अतिथि शिबसताक्षी ११ का वार्ड अध्यक्ष बहादुर आङबो थिए ।
सताक्षीधाम विकास समितिका कोषाध्यक्ष कृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन समितिका सचिव उदयप्रकाश राईले गरेका थिए ।

