काठमाडौं, १८ मंसिर–बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही निर्वाचित हुनुभएको छ ।
एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्ीय अध्यक्ष शाही १० हजार नौ सय ७३ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बलदेव रेग्मीले ८ हजार छ सय ३२ मत प्राप्त भएको छ ।
