दमक, १८ मंसिर–लगाइएको बाली भित्र्याएपछि प्रकृतिलाई धन्यवाद दिँदै उत्पादित अन्न मंसिरे पूर्णिमा (उधौंली) मा पुर्खालाई चढाएर मात्रै किरात राईहरुले खाने गर्छन् । प्रकृतिपुजक किरात राईहरुले वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उधौंली) धुमधामसँग मनाउँछन् । अन्न दिने प्रकृतिको पूजा र जीवन दिने पूर्वजको सम्झना गर्दै यहि २२ मंसिरमा मनाइने उँधौली अर्थात मंसिरे पूर्णिमाको अवसरमा किरात राई यायोख्या दमक नगर समितिले दमकमा बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ ।

दमक–१ बुद्धचौकमा अवस्थित साकेलाथान माङखिम (मन्दिर)मा आइतबार बाल बगैचा गोडमेला गरिनुका साथै सरसफाई गरिएको छ । सोही क्षेत्रमा रहेको साकेलाथान, माङखिम, सभाहल, पानी धाराको पाइप जडान र सौचालयको सरसफाई गरिएको यायोक्खा दमक नगर समितिका उपाध्यक्ष धनजित रुङमाहाङ राईले जानकारी दिनुभएको छ ।

यायोक्खा नगर सदस्य एमएस साङपाङ राईका अनुसार मंसिर २२ गते मंसिरे पूर्णिमाको अवसर पारेर दमक–१ मा रहेको साकेलाथान (माङखिम) परिसरमा किराँत राईको मुन्धुम र बिधीसहित नयाँ अन्न चढाउने र साकेला नृत्य प्रदर्शन गरिने छ । साथै, दमक नगर स्तरीय विभिन्न जातजातिका संस्थागत प्रतिनिधिहरु, सामाजिक र यायोक्खाका अगुवाहरुले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको एमएस साङपाङ राईे बताउनुभयो ।

सरसफाई कार्यक्रममा यायोक्खा दमक नगर अध्यक्ष बासुदेब राई, उपाध्यक्ष धनजित राई, सचिव ज्ञानेन्द्र राई लगायत समितिका पदाधिकारीहरु, कार्य समितिका सदस्यहरु, सल्लाहकार समितिका संयोजक तथा सदस्यहरु र दमकका राई बन्धुहरुको सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *