धरमपुर, १९ मंसिर–झापाको धरमपुरमा किरात याक्थुम चुम्लुङ शिबसताक्षी–१ र २ वडा समितिले संयुक्त रुपमा मंसिरे पूर्णिमा अर्थात चासोक तङनाममा वृहत कार्यक्रमको आयोजना गर्ने भएको छ । किरात याक्थुम चुम्लुङ शिबसताक्षी–१ र २ धरमपुरको संयुक्त बैठक बसेर मंसिरे पूििर्णमा अर्थात चासोक तङनाम मनाउने सम्बन्धमा छलफल भएको हो ।

मंसिर २२ गते पर्ने चासोक तङनामको अवसरमा धरमपुरस्थित रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा लिम्बु साँस्कृती झल्कने परम्परागत धान नाच, केलाङ, च्याबब्रुमसहित छेलो, धनुकाँड, हाइजम, लङजम लगायतको खेलहरु गरिने भएको छ । त्यस्तैं, घरमा भरखरै मात्र भित्र्याइएको नयाँ अन्नलाई पुर्खाहरुप्रती चढाएर सामुहिक रुपमा खाने कार्यक्रम रहेको छ ।

कार्यक्रम सम्पन्न गर्न शिब शेर्माको संयोजक्तवमा चासोक तङनाम मूल आयोजक समिति गठन गरिएको छ । सो समितिले चासोक तङनाममा गरिने कार्यक्रमको तयारी र व्यवस्थापनको गतिविधिहरु गरिरहेको धरमपुरकी सामाजिक अगुवा समेत रहनुभएकी किरात याक्थुम चुम्लुङ शिबसताक्षी नगरकी कोषाध्यक्ष जयकुमारी चेम्जोङले जानकारी दिनुभयो ।

शिबसताक्षी १ का वार्ड अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा र किरात याक्थुम चु्म्लु्ङ झापका अध्यक्ष सेसेहाङ फियाकको बिशिष्ट आतिथ्यतामा कार्यक्रम हुन लागेको जयकुमारी चेम्जोङले बताउनुभयो । विहानीको समयमा पुजा पाठ, गाली श्राप लगायतका बिधिहरुसंगै दिउसो औपचारिक समारोहबीच शुभकामना मन्तव्य आदानप्रदान र मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरिने चेम्जोङले जानकारी दिनुभयो ।

सो अवसरमा हालै सम्पन्न प्रदेश सभाको निर्वाचनमा धरमपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित राधाकृष्ण खनाललाई सम्मान गरिने भएको छ भने वार्डमा निर्वाचित जनप्रतिनिधिलाई समेत सम्मान गरने भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *