धरमपुर (शिबसताक्षी)–दुबै मृगौलामा समस्या भएपछि झापा शिबसताक्षी–१ धरमपुरका ६२ बर्षिय दलबहादुर विश्वकर्म जीवन मरणको दोसाधमा बाँचिरहेका छन् । तीन छोरा, दुई श्रीमतीसहित १० जना परिवारको मुख्य जिम्मेवारी दलबहादर विश्वकर्म दुई वर्षदेखि सुगर, प्रेसर, मधुमेह लगायत पेट, छाती सम्बन्धीबाट पीडित थिए । पछिल्लो समय उनलाई दुबै मृगौलामा समस्या देखिएको हो ।
हप्तामा दुई पटक बिराटनगरस्थित अस्पतालमा डायलाइसिस गराइरहेका दलबहादुरको उपचारमा समस्या भएको छ । दलबहादु्रकी कान्छा छोरा बुहारी देबीमायाले भनिन्–’खर्चको अभावले बिरामी ससुराबुबाको उपचारमा समस्या भएको छ ।’ कसरी गरौं, उपचार । धेरै महङ्गो छ ।’
देबीमायाका अनुसार हप्तामा दुई पटक डायलाइसिस गर्नुपर्ने डाक्टरको सलाह छ । डायलाइसिसका लागि घरबाट बिराटनगरसम्म, डायलाइसिसको क्रममा केही औषधी, विरामीका लागि खानेकुरा लगायत बिराटनगरबाट घरसम्म फर्किदा रु २० हजार खर्च हुन्छ ।
आफ्नो सानो खेतबारी तर ठूलो परिवार भएपछि दलबहादरले अरुको खेतबारी खनीखोर्सी गरेर जीविका पार्जन गरिरहेका थिए । दलबहादुरले आफ्नै श्रम, मिहेनत र परिश्रमले घरमा १० जना परिवारको हातमुख जोडेका थिए । उनले भने–म केही समय अझै बाच्न पाउँ । परिवारका लागि भएनि म बाच्नु छ । मलाई बचाइदिनुहोस् ।
४० बर्षिय दलबहादुरका जेठा छोरा प्यारालाइसिस भएर घरैमा कष्टकर जीवन बिताइरहेका छन् । कान्छा छोरा ५ महिना अघि मात्रै रोजगारको शिलशिलामा खाडी पुगेका छन् । अहिले, बिरामी दलबहादुरको हेरचार र उपचार खर्चको बन्दोबस्ती कान्छा बुहारी देबीमायाको भर छ । उनै देबीमायाको भरबाट दलबहादुरको जीवन बाँचिरहेको छ ।
देबीमाया भन्छिन्–’घरमा बुबा मृगौला सम्बन्धीको समस्याले ओच्छायानमा थलिएका छन् । उता, घरको जेठा दाजु प्यारालाइसिस भएर घरैमा कष्टकर जीवन बिताइरहेका छन् ।’
घरमा बुढेसकालका दुई जना आमा हुनुहुन्छ, बाल बच्चाहरु छन् र बिरामीहरुको हेरचारले कान्छा छोरा बिदेश जानुभएको देबीमायाले बताईन् । उनले आफ्नो ससुरा बुबाको जीवन रक्षाको लागि देश र बिदेशमा छरिएर रहनुभएका मनकारी दिदीबहिनी र दाजुभाईलाई सहयोगको अपेक्षा गरेकी छन् ।
यता, मृगौला पीडत दलबहादुर विश्वकर्मको उपचारम आर्थिक सहयोग जुटाउने उदेश्यले धरमपुरका पूर्व शिक्षक तथा बुद्धिजीविक माधब भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको व्यवसायी एबम् दलित अधिकारकर्मी मोहन सेनचुउरीले जानकारी दिए । दलबहादुर बचाउँ अभियान अन्तर्गत समितिको सदस्यहरुमा पत्रकार गोविन ल्वागुन, साहित्यकार तथा व्यवसायी निहाङ किराती, आशिष घिमिरे तामाङ, धरमपर बजार व्यवस्थापन समिति, धरमपुर पेशा व्यवसायी संघ लगायत स्थानीय क्षेत्रका बुद्धिजीवीहरु छन् ।
समितिले दलबहादुर बचाउ अभियानको बैंक खाता सञ्चालनमा ल्याउने र उपचारमा सहयोग जुटाउने संयोजक माधब भण्डारीले जानकारी दिए ।

थप जानकारीका लागिः देबीमाया विश्वकर्म धरमपुर (९८१४००८६४०)
