शिबगञ्ज, २१ मंसिर–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा आज (बुधबार) एक कार्यक्रमबीच स्वर्गिय बन्दना उप्रेती र स्वर्गिय मिना उप्रेती स्मृती अक्षयकोषबाट विद्यार्थीहरु पुरुस्कृत भएृका छन् ।

स्व.बन्दना उप्रेती अक्षयकोषबाट कक्षा ९ मा अध्ययनरत बर्षेनी तीन जना छात्राहरुलाई नगर पुरुस्कार वितरण गर्दै आइरहेको छ भने स्व.मिना उप्रेती अक्षयकोषबाट एसईइमा उत्कृष्ट अकं ल्याएर उर्तिण हुने छात्रा र छात्र गरी दुई–दुई जना विद्यार्थीलाई नगद पुरुस्कारवाट पुरुस्कृत भएका हुन् ।

यसैक्रममा, स्व.बन्दना उप्रेती अक्षयकोषबाट कक्षा ९ मा अध्ययनरत सविना अधिकारी (प्रथम), कृष्टिना पन्धाक (दोस्रो) र सिता विक (तेस्रो) लाई क्रमशः रु १५ सय, १३ सय र १२ सयसहित प्रमाणपत्र वितरण गरिएको थियो । त्यसैगरी, अघिल्लो बर्ष कोरोना संक्रमणको कारण रोकिएको पुरुस्कारलाई यसैवर्ष वितरण गरिएको हो । जस अन्तर्गत अन्जली ताजपुरिया (प्रथम), सुकमाया लिम्बू (दोस्रो) र मनिषा राजवंशी (तेस्रो) लाई समेत आजै नगद पुरुस्कारले पुरुस्कृत गरिएको हो ।

यता, स्व.मिना उप्रेती अक्षयकोषबाट विद्यालयमा अध्ययनरत इसईइमा उत्कृष्ट अकंका साथ उर्तिण हुने विद्यार्थीहरुबाट यसवर्ष छात्रतर्फ करण खड्का र छात्रातर्फ पुष्पा ताजपुरियालाई नगद चार–चार हजारसहित पुरुस्कृत गरिएको हो । त्यस्तैं, अघिल्लो वर्षको छात्रतर्फ रोशन ताजपुरिया र छात्रातर्फ इन्द्रिरा खड्कालाई पनि आजै चार–चार हजारसहित पुरुस्कृत गरिएको हो ।

स्व.बन्दना उप्रेती जन आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । उनको सर्पदंशको कारण निधन भएको थियो । उनको स्मृतिमा परिवारले नगद ५० हजारको अक्षयकोष स्थापना गरिदिएका छन् । सोही कोषको व्याजबाट प्रत्येक वर्ष कक्षा ९ का तीन जना छात्राहरुलाई पुरुस्कृत गर्दै आइरहेको छ ।

स्व.मिना उप्रेती जन आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुन् । उनको मोरङ सुकुनास्थित चौकमा २०४६ सालको जन आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो ।

विद्यालयका प्रधानध्यापक तुलशीप्रसाद अधिकारीको अध्यक्षतामा र शिबसताक्षी–६ का वार्ड अध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यताम पुरुस्कार वितरण गरिएको हो । सो पुरुस्कार वितरण कार्यक्रममा स्वर्गिय बन्दना उप्रेती अक्षयकोषको तर्फबाट प्रतिनिधि सुमन मैनाली र स्वर्गिय मिना उप्रेती अक्षयकोषको तर्फबाट विद्यालयका सहायक प्रधानध्यापक समेत रहनुभएका टिकाराम काफ्लेले आ–आफ्ना बिचारहरु राख्नुभएको थियो ।

सोही कार्यक्रमबीच कक्षा १ देखि नौ कक्षासम्मका विद्यार्थीलाई गीत र नृत्य अन्तर्गत प्रतियोगितामा पुरुस्कृतहरुलाई पुरुस्कार वितरण गरिएको थियो । त्यसैगरी, बालकक्षादेखि कक्षा १ मा अध्ययनरत विद्यार्थीलाई कपी, पेन्सिल र पुस्तकहरु वितरण गरिएको थियो ।

विद्यालयका शिक्षक बैजनाग कोइरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक दिनेश कुमार श्रेष्ठले गर्नुभएको थियो । सो क्रममा बिद्यालयका विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *