दमक, २२ मंसिर–किरात राई यायोक्खा दमक नगर समितिले बिहिबार दमक–१ बुद्ध चौकमा अवस्थित साकेला माङखिम थानमा मंसिरे पूर्णिमा (न्वागी पुजा) अर्थात उधौली पर्व मनाएको छ ।
यायोक्खा दमक नगर समितिका अध्यक्ष बासुदेब राईको अध्यक्षतामा र दमक नगरपालिाका प्रमुख प्रशासकिय अधिकृत शशि राईको प्रमुअ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा साकेला शिली नृत्य प्रदर्शन गरिनुका साथै पुरुषहरुका लागि छेलो हान्ने र महिलाहरुको लागि म्यूजिकल चियर लगायतका मनोरञ्जनात्मक खेलहरु आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रसिद्ध साहित्यकार तथा यायोक्खा झापाका पूर्व सदस्य सुमित्र बाङदेल चेली, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा, किरात राई यायोक्खा दमक नगर समितिका पूर्व अध्यक्ष पञ्च बहादुर राई, पूर्व जिल्ला सचिव दिपेनबाला राई, किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष मिलन रुम्दाली राई, म्याराथुन धावक मेघराज राई लगायतको उपस्थिती थियो ।
यायोक्खा दमक नगर समितिका उपाध्यक्ष धनजीत राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव ज्ञानेन्द्र राईले सञ्चालन गर्नुभएको थियो ।

