धरमपुर, २२ मंसिर–किरात याक्थुम चुम्लुङले झापाको शिबसताक्षी–१ ले धरमपुरमा चासोक तङनाम मनाएको छ । चासोक तङनामको अवसर पारेर किरात याक्थुम चुम्लुङ शिबसताक्षी–१ वडा समितिले हालै सम्पन्न प्रदेश सभाको निर्वाचनमा बिजयी हुनुहुने धरमपुरका स्थानीय राधाकृष्ण खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । खनाललाई शिबसताक्षी–१ का वडा अध्यक्ष समेत रहनुभएका प्रमुख अतिथि लक्ष्मीप्रसाद चेम्जोङ, याक्थुम चुम्ल्ुङ झापाका अध्यक्ष सेसेहाङ फियाक र धरमपुरकी सामाजिक अगुवा जयकुमारी चेम्जोङले संयु्क्त रुपमा सम्मान गर्नुभएको हो ।

याक्थुम चुम्लुङ शिबसताक्षी–१ का अध्यक्ष शिब शेर्माको अध्यक्षता र शिबसताक्षी–१ का वार्ड अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा याक्थुम चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले लिम्बू जातिको प्राचिन सभ्यता र पहिचानलाई बचाइराख्न एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले प्रदेश नं १ को नामकरणको विषयमा दलहरु एक ठाउँमा सहमति खोज्नु पर्ने भन्दै लिम्बूवान किरात नामको पक्षमा उभिनु जरुरी भएको बताए ।

सो कार्यक्रममा धरमपुरका सामाजिक अगुवा चन्द्रवीर नेम्बाङ, धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशी, धरमपुर पेशा व्यवसायी संघका अध्यक्ष पेमा लामा, व्यवसायी पृथ्बी बोहोरा, अधिबक्ता पदम रिमाल, दलित अधिकारकर्मी आदिवासी जनजाति महासंघका अध्यक्ष अर्जुन चाम्लिङ राई, किरात सुनुवार समाजका शिबसताक्षी अध्यक्ष भीमबहादुर सुनुवार, सुवेदार देउमान (चेम्जोङं) सुब्बा लगायतका व्याक्तित्वहरुको उपस्थिति थियो ।

सो क्रममाा पुरुषहरुका लागि छेलो र धनुस हान्ने खेल भएको थियो भने महिला तथा पूरुषका लागी डोरी तानातान खेल भएको थियो । त्यस्तैं, लिम्बू जातिको मौलिका संस्कृति झल्कने धान नाच, च्याब्रुङ, केलाङ नृत्य सहित बिजुवा (धामी) नाच समेत प्रस्तुत गरिएको थियो ।

दिल सेरेङ लिम्बूले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई दुर्गा चेम्जोङले सञ्चालन गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *