धरमपुर, २४ मंसिर–ढल्कन्दै गएको उमेर, घर–परिवारको जिम्मेवारी, कतव्र्य, बोझ र शरिरभरी अनेकौ रोगहरु बोकेर निकै कष्टकर जीवन बिताइरहेका दलबहादुर विश्वकर्माको उपचारमा आर्थिक अभाव भएको छ । दुबै मृगौलामा समस्या भएपछि ओच्छायनमा थलो परेका बिश्वकर्मालाई बचाइदिन परिवारले अपिल गरेका छन् ।

झापाको शिबसताक्षी–१ धरमपुरका ६३ वर्षिय दलबहादुर विश्वकर्मको बिराटनगरस्थित एक अस्पतालमा मृगौला रोगको उपचार भइरहेको छ । सातामा दुई पटक डायलाइसिस गर्नुपर्ने अनिवार्य भएपछि उनका परिवारले सहयोगको अपिल गरेका हुन् । यसैबीच, शनिबार बिहान दलबहादुरको घरैमा पुगेर धरमपुर बजार व्यवस्थापन समिति र धरमपुर पेशा व्यवसायी संघले संय्ुक्त रुपमा सहयोग हस्तान्त्रण गरेको छ ।

धरमपुर बजार व्यवस्थापन समिति र धरमपुर पेशा व्यवसायी संघको संयुक्त पहलमा सङ्कलित रु ३० हजार १० मृगौला रोगी दलबहादुर विश्वकर्माको उपचारमा सहयोग हस्तान्त्रण गरिएको हो । सो रुपैया धरपमुरका सामाजिक अगुवा चन्द्रबीर नेम्बाङले दलबहादुर र उनका परिवारलाई हस्तान्त्रण गरिएको हो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशी, सचिव तथा दलबहादुर बचाउ अभियानका सदस्य मोहन सेनचुउरी, बजार व्यवस्थापन समितिका सदस्य निहाङ किराती, धरमपुर पेशा व्यवसायी संघका सचिव खगेन्द्रप्रसाद दाहालसहित स्थानीय क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

यता, दलबहादुर विश्वकर्माको उपचारमा सहयोग जुटाउन धरमपुरका पूर्व शिक्षक माधबप्रसाद भण्डारीको संयोजकमा बचाउ अभियान समिति समेत गठन गरिएको छ । समितिले स्थानीय एक सहकारी संस्थामा खाता सञ्चालनमा समेत ल्याइसकेको छ ।

दलबहादुरका कान्छा छोरा–बुहारी देबीमाया विश्वकर्माका अनुसार डायलाइसिसका लागि घरबाट बिराटनगरसम्म आवतजावत गर्दा र डायलाइसिसको लागि पालो कुर्दा प्रत्येक साता रु ३० हजार बढी खर्च हुन्छ । आम्दानीको अरु केही श्रोत छैने, देबीमायाले भनिन्–’घरमा जेठाजु दाजु प्यारालाइसिसबाट पीडित छन् । कान्छा छोरा घरैको समस्याले केही समयअघि मात्रै रोजगारको लागि खाडी पुगेका छन् ।’

उनले ससुरा बुबाको उपचारमा घरबाटै खर्च थेग्न नसक्ने भएको जानकारी गराउदै देश र बिदेशमा रहेका नेपाली दाजुभाई र दिदीबहिनीमा सहयोगको अपिल गरिन् । उनका अनुसार बुबाको बाच्ने इच्छा छ, के गर्नु श्वास रहञ्जेल आश हुन्छ नै ।

सुगर, प्रेसर, मधुमेह लगायतबाट पीडित दलबहादुर विश्वकर्माको शरिरमा अर्को समस्या थपिएको छ । निरन्तर उपचारको क्रममा होस, पछिल्लो समय डायलाइसिसको निम्ति होस, अहिलेसम्म अनुमानित रु ८ लाख बराबार खर्च भइसकेको बुहारी देबीमायाले बताईन् । भएको थोरै खेतबारी बाहेक पशु चौपया र पशुपन्छी बिक्री गरेर, केही ऋण वा सापटी गरेर बुबाको उपचारमा खर्च जुटाइरहेपनि अवको दिनमा खर्च जुटाउन नसक्ने अवस्थामा पुगेको देबीमायाले बताईन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *