झिलझिले, २४ मंसिर–झापाको शिवसताक्षी-११ झिलझिलेस्थित किसान कृषि सहकारी संस्थाको अधिवेशनसहित ५औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्याकालको लागि सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको छ ।

समितिको अध्यक्षमा डिल्लीराज बेघा, उपाध्यक्षमा हरिसंकर सिलवाल, सचिवमा मोहन बाहिङ राई र कोषाध्यक्षमा दिपेश रिजाल चुनिएका छन् । त्यस्तैं, सञ्चालक समितिको सदस्यहरुमा रुद्र खतिवडा, चन्द्रकला राई र सञ्जु माझी छन् ।

आजै, दिपक कडरियाको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको संस्थाका निवर्तमान अध्यक्ष सनम इजमले जानकारी दिनुभयो । समितिको सदस्यद्धयमा रविता तामाङ र नवराज बोहोरा छन् । त्यसैगरी, योगेन लावोतीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा रमेश लावोती, सनम इजम, सरन योङया छन् ।

झिलझिलेस्थित किरात भवनमा आयोजित संस्थाको पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर खुत्रुके बचततर्फ आयुषजङ्ग कार्की, आइबेग लावती, हिमा बोहोरा र हेभन ब्लेस बेधालाई पुरुस्कृत गरिएको छ । असल बचततर्फ मानबहादुर लम्जेल, असल ऋणीतर्फ टेकबहादुर राईलाई पुरुस्कृत गरिएको छ ।

त्यस्तैं, यसवर्षको किसान कृषि सहकारी संस्थाको उत्कृष्ट कृषकमा लीलादेबी बिश्वकर्मा, उत्कृष्ट कर्मचारीतर्फ पृथ्बी विश्वकर्मालाई पुरुस्कृत गरिएको छ । पुरुस्कृतहरुलाई बार्षिक साधारणसभाको प्रमुख अतिथि शिबसताक्षी नगरस्तरीय सहकारी संस्थाका संयोजक राजनारायण राजवंशी र संस्थाको अध्यक्ष सनम इजमले प्रमाणपत्र, नगदसहित मायाको चिनो प्रदान गरेका थिए ।

बार्षिक साधारणसभाको उद्घाटन सत्रमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष इजमले आर्थिक बर्ष २०७८।०७९ को बार्षिक प्रतिवेदन र आर्थिक बर्ष २०७९।०८० को योजना र कार्यक्रमहरु प्रस्तुत गरेका थिए । सो प्रतिवेदन बन्द सत्रमा आवश्यक सुझावसहित पारित गरिएको थियो ।

उद्घाटन कार्यक्रममा झिलझिलेस्थित सुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बचन राई, पारिजात बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष पुष्पराज अधिकारी, सताक्षी बहुउदेश्य सहकारी संस्थाका खनिमाया श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष हरिशंखर सिलवालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई लेखा समितिका संयोजक दिपककुमार कडरियाले गरेका थिए ।

सहकारी संस्थामा ४१५ जना शेयर सदस्यहरु छन् । ०७६ साल बैशाख १६ गते २८ जना युवाहरुले स्थापना गरेको सहकारी संस्थामा होल शेयर पुँजी ५४,७९,८०० छ । स्थापनाकालमा १४ लाखबाट सञ्चालन गरेको सहकारी संस्थामा १० जना कर्मचारीहरु कार्यरत छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *