दमक, २५ मंसिर–येशु ख्रीष्टको शुभजन्मोत्सवको अवसरमा इसाई धर्मावलम्बीहरुले प्र्रत्येक वर्ष ‘ख्रीष्टमस डे’ धुमधामका साथ मनाउने गर्छन् । यसै ‘ख्रीष्टमस डे’ अवसर पारेर झापाको दमकका इसाई धर्मावलम्बीहरुले पुस ६ गते बुधबार दमकमा वृहत शान्ति र्यालीसहित मनोरञ्जनात्मक गीतसंगीत, नृत्य र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनृुसार ‘येशु ख्रीष्टको शुभजन्मोत्सव’को दिन इसाईहरुले ‘बडा दिन अर्थात ख्रिस्टमस डे’ मनाउने गरिआएका छौं । सो कार्यक्रमलाई भब्य र सभ्य बनाउन दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक पाष्टर राजकुमार नाछिरिङ राईको संयोजकत्वमा समिति गठन गरिएको समाजका अध्यक्ष पाष्टर थुलुङले जानकारी दिनुभयो ।

दमकस्थित गोर्खा डिपार्टमेन्टको खुल्ला प्राङ्गणमा आयोजित ख्रीष्टमस डे कार्यक्रममा स्थानीय कलाकारहरुले गीतसंगीत र नृत्य प्रस्तुत गर्ने र दमकका विभिन्न सामाजिक संघसंस्था र अन्तर धार्मीक सञ्जालका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ ।

त्यस्तैं, सो दिन दिउँसो १ बजे दमकमा वृहत जन सहभागितामा शान्तिको सन्देशसहित र्याली निकालिने र कार्यक्रममा जेष्ठ आमा–बुबालाई दोसल्ला ओढाएर सम्मानपत्रले अभिनन्दन गरिने दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर थुलुङले बताउनुभयो । ।

कार्यक्रममा हालै सम्पन्न प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नं ५ (ख) बाट निर्वाचित प्रदेश सांसद होमबहादुर थापाको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

सो कार्यक्रममा दमकका जनप्रतिनिधिहरु, दमक उद्योग बाणिज्य संघका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहाल, अन्तर धार्मीक शान्ति महासञ्जालका केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, अन्तर धार्मीक शान्ति सञ्जाल मोरङ अध्यक्ष सुमन कुरुङबाङ लगायत इसाई धर्मका अगुवा व्याक्तित्वहरुको सहभागिता हुने छन् ।

त्यस्तैं, इसाई धर्मका अगुवा डा शेमलाल हेम्रोमले प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *