झिलझिले, २७ मंसिर–गत वर्षदेखि झिलझिलेमा कार्यालय स्थापना गरी सञ्चालनमा आएको पारिजात बहुउदेश्यीय सहकारी संस्थाले मंगलबार प्रथम बार्षिक साधारणसभा तथा स्थापना वर्ष मनाएको छ ।

बार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसर पारेर संस्थाले झिलझिलेमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तैं, संस्थाले आर्थिक वर्ष २०७८।०७९ को प्रगती बिबरण, आयब्यय र आगामी योजना तथा निती कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सोही कार्यक्रमबीच संस्थामा उत्कृष्ट कारोबार गर्नेहरुलाई संस्थाले प्रमाणपत्र र पुरुस्कार वितरण गरिएको थियो ।

शिबसताक्षी नगरभरीकै उर्जाशिल युवाहरुले शिबसताक्षी–८ झिलझिलेमा स्थापना गरेको पारिजात बहुउदेश्यीय सहकारी संस्थाले स्थापना वर्षको अवसरमा आयोजित खुल्ला रक्तदानमा ६ महिला र ५५ पुरुषसहित ६१ जनाले रक्तादन गरेका थिए । सो रक्तदानमा बिर्तामोडस्थित नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।

संस्थाका अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा र शिबसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा प्रथम बार्षिक साधारणसभा तथा स्थापना वर्ष सम्पन्न भएको हो । सभाको उद्घाटन अवसरमा संस्थाका अध्यक्ष अधिकारीले सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०७८।०७९ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम, योजनासहित आगामी बर्ष २०७९।०८० का नीति, कार्यक्रम र योजनाहरु पेश गर्नुभएको थियो ।

सो प्रतिवेदनमा गत बर्ष ५० जना शेयर सदस्यहरुले स्थापना गरेको सहकारी संस्थामा हाल ७ सय ३ जना शेयर सदस्यहरु छन् । कुल शेयर पुँजी रु १५ लाखबाट सुरु भएको सहकारी संस्थाले एक बर्षभित्रमा शेयर पुँजीलाई रु २४ लाख ७८ हजार २ सय बनाउन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । शेयर पुँजीलाई आगामी बर्ष थप बृद्धि गरिने र कारोबारलाई व्यापक बृद्धि गरिने समेत सो प्रतिवेदनमा अध्यक्षले ल्याउनुभएको छ ।

उद्घाटन कार्यक्रममा उत्कृष्ट बचततर्फ पर्वत भण्डारी, बाल बचततर्फ युना राई, ऋणीतर्फ भीमबहादुर मगरलाई संस्थाले प्रमाणपत्र र नगद पुरुस्कारबाट सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष अर्जुन चाम्लिङ राईले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रममा नगर उपप्रममुख नरमाया कार्की, शिबसताक्षी–८ का वार्ड अध्यक्ष सन्त फेउवादिन लिम्बू, किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष तथा सुनचाँदी व्यवसायी संघ शिबसताक्षीका हरिसंकर सिलवाल, शिबसताक्षी नगर स्तरीय सहकारी संस्थाका अध्यक्ष राजनारायण राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शिबसताक्षी ११ का वार्ड अध्यक्ष बहादुर आङ्बो, झिलभिलेका युवा उद्यमी तथा व्यवसायी मोहन बाहिङ राई, झिलझिले बजारका पूर्व अध्यक्ष कालीबहादुर लिम्बू, साना किसान कृषि सहकारी संस्था शिबसताक्षीका अध्यक्ष धनबहादुर थेबे, सेवारो बचत तथा ऋण सहकारी संस्था दुधेका व्यवस्थापक सुजन राई, धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशी, भैरब श्रेष्ठ, तारादेबी मेहता, सुवास गौतम, अरुण चेम्जोङ लगायतको स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सागर थुलुङ राईले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *