झापा, २७ मंसिर–नेपालमा जीवन बिमा कम्पनीहरुबीच सवै भन्दा पुरानो नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको लेखनाथ शाखामा आयोजित एक कार्यक्रममा घातक रोग लाभ भुक्तानी गरेको छ ।

रुपा गाँउपालिका वडा नं.०७, पिप्ले निवासी नारनसिं खवासको दुबै मृगौलाले काम गर्न छोडेपछि बिमा लेखको सुबिधा अनुसार नेशनल लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले रु १० लाख बराबरको चेक प्रदान गरिएको छ ।

लेखनाथ शाखा प्रमुख छबिलाल पौडेलले कम्पनीले उपलब्ध गराएको रु १० लाख बराबरको चेक कम्पनीको शाखा कार्यालयमा एक कार्यक्रमबीच बिमित नारनसिंं खवासलाई हस्तान्त्रण गर्नुभएको हो ।

चेक हस्तान्त्रणपछि आयोजित कार्यक्रममा बोल्दै लेखनाथ शाखा प्रमुख पौडेलले नेपाली समाजमा प्रचलित भनाई दशा बाजा बजायर आउदैन भने जस्तै जीबनमा जोखिम पनि पुर्वजानकारी गराएर नआउनेमा जोड दिनुभयो । शाखा प्रमुख पौडेलले मानिसको जीबनमा कति बेला के घटना घट्छ अगाडीनै थाहा नहुने भएकोले यस्तो अनिश्चिततालाई सहज गराउन बिमा एक मात्र बिपतसंग जुध्ने पुर्वतयारी भएको बताउनुभयो ।

पौडेलले जीबन बीमा अहिलेको समयको अपरिहार्य आवस्यकता रहको बताउदै, ३५ बर्ष लामो यात्रामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुनौलो ईतिहास बोकेका जानकारी गराउनुभयो । वहाँले नेशनल लाईफ ईन्स्योरेन्सले आफ्ना बिमितको हितलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र हिजो मात्रै कम्पनीले ‘न्यु बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२’ अन्र्तगत लाइफ ईन्स्योरेन्स कम्पनी तर्फको ‘बेस्टम्यानेज्ड’ लाइफ ईन्स्योरेन्सको उपाधी समेत जितेको जानकारी गराउनुभयो ।

बिमित खवासले मिति २०७७ फाल्गुण ५ गते यस कम्पनीमा रु १० लाखको घातक रोग लाभसहित जीबन बीमा गराउनुभएको हो । खबासले जीवन बिमा गरेको एक बर्ष पूरा नहुदै दुबै मृगौलामा समस्या भएको थियो । बिमित खबासको मृगौलामा समस्या भएपछि कम्पनीले उपचारका लागि बिमालेखको सुबिधा अनुसार रु १० लाख उपचार खर्च प्रदान गरेको हो ।

चेक पाएपछि कार्यक्रममा बोल्दै बिमित खवासले कम्पनीले प्रदान गरेको यस रकमले आफुलाई ठुलो आर्थिक सहयोग पुग्ने बताउनुभयो । खबासले दुखको सयममा साथ पाउनको लागि जीबन बीमा अपरिहार्य भएको मसहुस गराएको भन्दै हरेक ब्यक्ति जीबन बीमामा जोडिन अनुरोध गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *