दमक, २८ मंसिर–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल झापा क्षेत्र नं ४ प्रदेशसभा (१) ले पुष २ गते शनिबार धरमपुरमा चुनावी समिक्षा तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी सेवा संगमको कार्यालयमा चुनावी समिक्षा तथा सम्मान कार्यक्रम हुने संघीय लिम्बूवान प्रान्तीय मञ्च झापा क्षेत्र नं ४ (१) का अध्यक्ष देबीबहादुर (प्रताप) निङ्लेकुले जानकारी दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार लाहानसिंह तुम्बापो र प्रदेश सभा सदस्य उम्मेद्वार उमानाद दमाईलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिने भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरुले समेत सम्बोधन गर्ने र लिम्बूवान कलाकारहरुले सोही अवसरमा मनोरञ्जनात्मक गीतसंगीत समेत प्रस्तुती रहने अध्यक्ष निङ्लेकुले बताउनुभयो ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पार्टीको तर्फबाट झापा ४ (१) बाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेका नेताहरुलाई सम्मान गरिनुका साथै चुनावी समिक्षा कार्यक्रम आयोजना गरिएको संघीय लिम्बूवान प्रान्तीय मञ्च झापा क्षेत्र नं ४ (१) का अध्यक्ष  प्रताप निङ्लेकुले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *