झिलझिले, १ पुस–सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाको यहि शनिबार (पुष २ गते) मा नयाँ नेतृत्व चयन हुने भएको छ । यसअघि पटक–पटकको प्रयासपछि बार्षिक साधारणसभा सम्पन्न भएपनि नयाँ नेतृत्व चयन हुन सकेको थिएन । यद्धपी, अधिवेशनसहितको साधारणसभा सम्पन्न गर्ने समितिको चरम लापारवाही र व्यवस्थापनमा हेलचेक्राई भएको सताक्षीधाम धार्मीक तथा पर्यटन संस्थाका सभासदहरु बताउँछन् ।
पूर्वकै प्रसिद्ध र धार्मीक दृष्ट्रिकोणले समेत ज्यादै पौराणिक महत्व बोकेको सताक्षीधामको विकास र प्रवर्दनमा हालै बिघठन भएको समितिले केही काम गर्न नसकेको संस्थाका सभासदहरु बताउँछन् । यतिसम्म अव्यवस्थित छन् की बार्षिक साधारणसभामा प्रस्तुत गरिने अध्यक्षको प्रतिवेदन बितरण गरिएन् ।
त्यसो त, सताक्षीधाम समितिले संस्थागत प्रगती र आगामी योजना र कार्यक्रमको प्रतिवेदन सभामा बितरण नगरेपनि कोषाध्यक्ष र सचिवको आ–आफ्नो प्रतिवेदनहरु सार्वजनिक गर्ला की भनेर सभामा सहभागि सभासदहरु आशा गरेपनि, त्यो आशा केवल निराशामा परिणत भयो । सो सभाका अध्यक्ष तथा हाल बिघठन भएको समितिका अध्यक्ष प्रसाद सुब्बा पुनःअध्यक्ष पदका उम्मेदवार छन् ।
त्यस्तैं, सोही समितिका सचिव उदयप्रकाश राई र कोषाध्यक्ष कृष्ण श्रेष्ठ पनि हाल नेतृत्व चयनका लागि उपाध्यक्ष र सचिव पदका उम्मेदवार बनेका छन् । उनीहरुले आफ्नो कार्याकालमा संस्थालाई व्यवस्थित गर्न सकेनन् । उनीहरुले संस्थागत प्रगती, आर्थिक गतिविधि र संस्थामा सदस्य (सभासद) हरुको संख्या वा सभासदहरुको बारेमा कुनै अभिलेखहरु राख्ने र जिम्मेवारी देखाउन सकेनन् ।
दुई पटक आयोजना गरिएको बार्षिक साधारणसभा असफल भएपछि अन्तिम पटक आयोजना गरिएको बार्षिक साधारणसभाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरेको थियो । तीन पटकसम्म सभासदहरु सताक्षीधामसम्म पुगे र सताक्षीधामको विकास, प्रचारप्रसार, प्रवर्दनको निम्ती चिन्ता, चासो र सरोकारमा सहभागिता जनाए । संस्थाको सभासदहरुले पटक पटकको बार्षिक साधारणसभामा उत्साहपूर्ण सहभागिता जनाएका छन् ।
सो साधारणसभामा अध्यक्ष प्रसाद सु्ब्बाले आफ्नो प्रतिवेदन बाचन गर्न मञ्चतर्फ आउदैगर्दा भने–’मैले तयार गरेको प्रतिवेदन हराएछ, धेरै खोजे तर भेटिन । थोत्रा रफ पना देखाउदै स्ब्बाले भने–’यहिभित्र सबै छन्, म यसैमा भएको कुरा बाचन गर्दछु ।’
सो प्रतिवेदन सहभागिहरुले हातमा पाएनन्, प्रतिवेदनमाथी छलफल गर्न पाएनन् । प्रतिवेदनमा उल्लेख भएको बुदाहरुमा कुनै यथार्थ छदै थिएन । सत्यता पनि थिएनन् । कुनै अभिलेख गरिएको थिएनन् । मनगणन्ते थिए । खाली भ्रमपूर्ण थिए ।
अध्यक्षको प्रतिवेदन बितरण नभएपछि अन्य शिर्षकमा आउने प्रतिवेदन बितरण हुन्छ की भनेर आशा गरेर सभामा बसिरहेका सभासदहरुले आक्रोश पोखे । सताक्षीधामलाई विकास गर्नुको बदलामा मागी खाने भाडा बनाएको सहभागि सभासदहरुले आफ्नो गुनासोहरु राखे । कतिपयले भने–’सताक्षीधाम मन्दिरमा भएको गाई र बाछा–बाछि बेचिखाएको । मन्दिर वरीपरी जथाभाबी सुगुरहरु छाडेर फोहोर र दुर्घन्धित बनाएकोप्रति जिज्ञासाहरु राखेका थिए ।’
यता, यहि शनिबार (पुष २) का दिन सताक्षीधाममा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा तीन जना आकाक्षीहरु चुनावी मैदानमा छन् । १३ पदका लागि निर्वाचन हुने भएको हो । यसबीच कोषाध्यक्षमा भने निर्बिरोध चयन भएको छ ।
निबर्तमान समितिका अध्यक्ष प्रसाद सुब्बा, शिक्षक, कानून व्यवसायी समेत रहनुभएका झिलझिलेका रुद्रमणी भट्टराई र निर्माण कम्पनी, होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायी समेत रहनुभएका झिलझिलेका युवा नेता तुलाराम बोखिम सताक्षीधामको अध्यक्ष पदमा उम्मेदवार छन् ।
त्यस्तै, उपाध्यक्ष पदमा निवर्तमा सचिव उदयप्रकाश राई, कृष्णप्रसाद खरेल, पर्वत थुलुङ र पर्शुराम खतिवडा रहेका छन् । राई सताक्षीधाम समितिका दुई दशकदेखि क्रियाशिल छन् । यसअघि उनी सताक्षीधाम समितिको सदस्य, सहसचिव र सचिवको जिम्मेवारी पुरा गरिसकेका छन् । उनी पूर्व शिक्षक हुन् । खरेल झिलझिलेका सुनचाँदी व्यवसायी हुन भने थुलुङ खेलकुद जगतका पुराना खेलाडी र खेल क्षेत्रको विकासमा क्रियाशिल छन् । उनी पनि सताक्षीधामको विकासमा लामो समयदेखि सक्रि छन् ।
सचिवमा कृष्णकुमार श्रेष्ठ, कालीप्रसाद रिजाल, नारायणप्रसाद अधिकारीको उम्मेद्वारी रहेको छ । श्रेष्ठ यसअघि सताक्षीधाम समितिको कोषाध्यक्ष हुन् । झिलझिलेका श्रेष्ठ शिबसताक्षी नगरमै लोकप्रिय व्याक्तित्वको रुपमा परिचित छन् । यता, रिजाल पूर्व शिक्षक हुन् । केही समयअघि मात्रै उनी विद्यालयबाट अवकाश भएका छन् । त्यसैगरी, सह–सचिव पदमा गणेश श्रेष्ठ, नेत्रप्रसाद निम्सिना, झमकबहादुर गौतमको उम्मेद्वारी रहेको छ ।
त्यस्तै खुल्ला सदस्यहरुमा कृष्णचन्द्र सेलिङ (सेलिङ केसी), गंगाधर तिम्सिना, मिलनकुमार राई, गणेश भेट्वाल, शैलेन्द्र चापागाई, पर्शुराम खरेल, खडकबहादुर थापा, योगनीधि बास्तोला, कुवेरप्रसाद लुइटेल, श्यालाल गिरी, डिकबहादुर बुढाथोकी, डम्बरबहादुर दाहाल रहेका छन् । त्यस्तै महिला सदस्यमा उमादेवी लुइटेल, निर्मला यादव, तारादेवी मेहेता, तारादेवी प्रसाई रहेका छन् । कोषाध्यक्षमा मदनमोहन अधिकारी सर्वसम्मत निर्वाचति भइसेका छन् ।
