अनिलदेब राई/शिबगञ्ज, १ पुस–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयको स्काउट दीक्षान्त समारोह शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

विद्यालयका प्रधानध्यापक तुलशी अधिकारीको अध्यक्षतामा र नगर उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । विद्यालयका स्काउटर शिक्षक भक्ति काफ्लेका अनुसार दीक्षान्तमा ३९ जना विद्यार्थीहरु दीक्षित भएका छन् । स्काउटमा सहभागि विद्यार्थीहरुबीच ३९ जना विद्यार्थीहरु मात्रै दीक्षित भएको स्काउटर शिक्षक काफ्लले जानकारी दिए । उनले भने–सातामा प्रत्येक शुक्रबार गरी २४ सातासम्म आयोजित तालिममा सहभागि भएपछि उनीहरुलाई दीक्षित गराइन्छ ।

सोही दीक्षान्त समारोहमा विद्यालयका प्रधानध्यापक तुलशी अधिकारी र सहायक प्रधानध्यापक टिकाराम काफ्ले दीक्षित गराइएको सो दीक्षान्त समारोहमा जानकारी गराएका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकी नेपाल स्काउट शिबसताक्षी नगरका संरक्षक नगर उपप्रमुख कार्कीले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएको बताइन् । उनले नेपालका प्रजातन्त्रको उदयपछि देशभर शैक्षिक जागरणका निम्ति स्काउटको स्थापना भएको र त्यस मार्फत जागरणका अभियानले प्रभावकारी काम गरेको समेत बताईन् ।

कार्यक्रममा शिबसताक्षी–६ का वार्ड अध्यक्ष मनोज खुलाल कार्कीले नेपाल स्काउट पछिल्लो समय स्थानीय निकायमा आइसकेको बताए । उनले स्काउट देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार भएको बताए । २००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिका मार्फत सञ्चालन हुने गरी व्यवस्था भएको जानकारी दिए । उनले आफ्नो वार्ड कार्यालयको तर्फबाट रु ५० हजार बजेट समेत स्काउटलाई छुट्याइएको समेत बताए ।

तदर्थ समितिका संयोजक डिगम पराजुलीले स्काउटिङले शैक्षिक गतिविधि र्माफत विधार्थीहरूलाई देशभक्त र वफदार बनाउदै लैजाने बताए । उनले स्काउट मार्फत राष्ट्रिय दल धर्म र जातजाति आदि विभेदबाट टाढा रहेर शैक्षिक आन्दोलन गर्ने शक्ति भएको बताए ।

कार्यक्रममा स्काउटर तथा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, शिबसताक्षी नगर शिक्षा शाखा प्रमुख छबिलाल ढकाल, पूर्व शिक्षक गंगाराम खनाल, सामाजिक अगुवा दीपेन पाठक, शिक्षासेवी मिलन ढुङ्गाना, पत्रकार गोविन ल्वागुन, विद्यालयका पूर्व विद्यार्थी तथा पत्रकार अनिलदेब राई लगायतका उपस्थिति थियो ।

स्काउटर तथा विद्यालयका शिक्षक भक्ति प्रसाद काफ्लेले सञ्चालन गरेको समारोहलाई शिक्षिका हेमा खनालले स्वागत गरेका थिइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *