झिलझिले, २ पुस–सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास समितिको आज (शनिबार) सम्पन्न भएको निर्बाचनमा ६ सय ८५ मत खसेको छ ।

सताक्षीधाममा शनिबार बिहान ८ बजेबाट शरु भएको मतदान प्रक्रिया अपराहन्न ३ बजे सम्पन्न भएको थियो । सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास समितिमा १ हजार ६३ जना मतदाता रहेकोमा ६ सय ८४ मत खसेको निर्बाचन अधिकृत दिपक न्यौपानेले जानकारी दिनुभयो । नेतृत्व छनौटको लागी अध्यक्षमा तिन जना प्रत्यासी रहेको छ । प्रत्यासीहरुमा तुलाराम बोखिम, प्रसाद सुब्बा र रुद्रमणी भट्टराई छन् ।

त्यस्तै, उपाध्यक्ष पदमा निवर्तमान सचिव उदयप्रकाश राई, कृष्णप्रसाद खरेल, पर्वत थुलुङ र पर्शुराम खतिवडा रहेका छन् । सचिवमा कृष्णकुमार श्रेष्ठ, कालीप्रसाद रिजाल, नारायणप्रसाद अधिकारीको उम्मेद्वारी रहेको छ ।

त्यसैगरी सह–सचिव पदमा गणेश श्रेष्ठ, नेत्रप्रसाद निम्सिना, झमकबहादुर गौतमको उम्मेद्वारी रहेको छ । त्यस्तै खुल्ला सदस्यहरुमा कृष्णचन्द्र सेलिङ (सेलिङ केसी), गंगाधर तिम्सिना, मिलनकुमार राई, गणेश भेट्वाल, शैलेन्द्र चापागाई, पर्शुराम खरेल, खडकबहादुर थापा, योगनीधि बास्तोला, कुवेरप्रसाद लुइटेल, श्यालाल गिरी, डिकबहादुर बुढाथोकी, डम्बरबहादुर दाहाल रहेका छन् ।

त्यस्तै महिला सदस्यमा उमादेवी लुइटेल, निर्मला यादव, तारादेवी मेहेता, तारादेवी प्रसाई रहेका छन् । कोषाध्यक्षमा मदनमोहन अधिकारी सर्वसम्मत निर्वाचति भइसेका छन् । विधान अनुसार समितिमा १३ जना निर्वाचित हुने छ भने एक महिला र एक पुरुष मनोनित हुने छ ।

मतदान सके लगतै सर्बपक्षिय भेला बसि मत गणना समेत शुरु भएको निर्बाचन परिचालन समितिका सदस्य प्रेम रोक्काले बताए । उनका अनुसार राती ११ बजे सम्ममा परिणाम आउन सक्ने समेत जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *