दमक, ३ पुस–झापाको दमकमा सञ्चालित सामुदायीक विद्यालयका छात्राहरुलाई नगरपालिकाले किशोरी हिंसा विरुद्ध आत्मरक्षा तालिम दिन थालेको छ । उक्त कार्यक्रम अन्तर्गत पहिलो पटक दमक-४ स्थित कृष्ण माध्यमिक विद्यालयका छात्राहरुलाई तालिम दिन थालिएको छ ।

तालिमको दमक नगर प्रमुख राम थापाले आज एक कार्यक्रमकाविच सुभारम्भ गर्नु भयो । तालिम सुभारम्भ गर्दै नगर प्रमुख थापाले किशोरीहरुलाई सुरक्षित गराउन पनि तालिम प्रभावकारी बन्ने बताउनु भयो ।

कार्यक्रमकी अध्यक्ष दमक नगर उप प्रमुख रेगिना भट्टराईले किशोरीहरुलाई आत्म विश्वास बढाउन साथै व्यक्तित्व विकाशको लागी पनि तालिम फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्तो कार्यक्रम दमकका सबै सामुदायीक बिद्यालयहरुमा सञ्चालन गरिने बताउनु भयो ।

आज सुरु भएको तालिम पाँच दिने तालिम आगामी ७ गतेसम्म सञ्चालन हुने बिद्यालयका प्रधान अध्यापक करण धिमालले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक प्रकाश बस्नेतले दैनिक बिहान ६ बजेदेखी ९ बजेसम्म बिद्यालयका करिब २५ जना छात्राहरुलाई प्रशक्षिण दिने बताईएको छ ।

कार्यक्रममा नगर कार्यपालीका सदस्य तथा सामाजिक विकाश समिति सम्योजक सारदा सापकोटा, सामाजिक अगुवाहरु राजेन्द्र भट्टराई, राजेन्द्र सिटौला लगायतको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *