दमक, ३ पुस–गृहिणी महिलाहरुलाई स्वाबलम्बि बनाउने उद्देस्यले दमक नगरपालीकाले सिप विकाश तालिम सुरु गरेको छ । दमक वडा नम्बर ५ को परिवर्तन महिला वचत समुहका सदस्यहरुलाई विवाहमा चाहिने सामाग्रिहरु बनाउने तालिम दिन थालिएको हो ।
समुहलाई सिप विकास तालिम अन्तर्गत जडीको माला र ठेकी सजावटको तालिम आज बाट सुभारम्भ गरिएको हो । अघिल्लो बर्ष आधारभुत तालिम दिएर यहि पेशालाई व्यवसायीक बनाईरहेका १५ जना महिलालाई पुनः उच्च स्तरको तालिम दिन थालिएको हो ।
दमक नगर उप-प्रमुख रेगिना भट्टराईले आज तालिमको सुभारम्भ गर्नुभयो । सात दिने तालिम दिन भनि सुभारम्भ गरिएको तालिममा सहभागी महिलाले समय थोरै भएकोले आफुहरु दक्ष हुन नसक्ने बताएपछि नगर उप प्रमुख भट्टराईले १५ दिने तालिम सञ्चालन गर्न निर्देशन दिनुभएको थियो ।
तालिमको उद्घाटन गर्दै उप-प्रमुख भट्टराईले महिलाहरु पनि स्वावलम्बि बने मात्रै समतामुलक समाज निर्माण हुने बताउनुभयो ।
तालिममा प्रशिक्षक अम्बिका खनालले प्रशिक्षण दिई रहनु भएको कार्यपालीका सदस्य ख्याम कुमारी परियार सरुले जानकारी दिनुभयो । सहभागीहरुले बेहुलाले लगाउने माला, बिवाहमा प्रयोग हुने ठेकी, नरिवल लगायतका सम्पुर्ण समाग्रिहरु बनाउने उहाँले बताउनु भयो ।
तालिम सुभारम्भ कार्यक्रममा वडा अध्यक्ष ईन्द्र गुरुङ, कार्यपालीका सदस्य सारदा सापकोटा, परिवर्तन महिला वचत समुहकी अध्यक्ष निर्मला रेग्मि लगायतको बोल्नु भएको थियो ।
