दमक, ३ पुस–खुल्ला सीमा नाका भएकै कारण झापासहित तराईका जिल्लाहरुमा पछिल्लो समय हात्तिपाइले र कु्ष्ठरोगीहरु देखा पर्न थालेको छ । नेपाल सरकार जनस्वास्थ्य बिधाग मार्फत नेपाल भारतको सीमासंग जोडिएका जिल्ला र स्थानीय स्तरमा हात्तिपाइले र कुष्ठरोग नियन्त्रण भएरपनि पछिल्लो समय छिटफुटमा यसका संक्रमितहरु देखा पर्न थालेको छ ।

फेयर मेड नामक एक संस्थाले दमक नगरपालिकाको सहकार्यमा आइतबार दमक नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा हात्तिपाइले र कु्ष्ठ रोग लगायत १० प्रकारका रोगहरुको उपचार गर्ने उदेश्यले दमक अस्पतालमा एकीकृत उपचार कक्ष सञ्चालनमा ल्याइएको हो । सो कक्षको आज (आइतबार) नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईसहित फेयर मेडकी राष्ट्रिय संयोजक निर्मला शर्माले संयुक्त रुपमा उद्घाटन नर्गुभएको छ ।

दमक फाल्गुनन्द चौकस्थित दमक अस्पतालमा एकीकृत उपचार कक्षको उद्घाटनसंगै बिराटनगर, धरान र भद्रपुरसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता हटेर जाने कार्यक्रममा जानकारी गराइएको थियो । २०७७ सालमा स्थापना भएको दमक अस्पतालमा अनुभवी र दक्ष जनशक्तिसहित आधुनिक भवनमा सेवा विस्तार गरिरहेको छ । दमक अस्पतालबाट हात्तिपाइले, कुष्ठ रोगी र एचआइभीका संक्रमितहरुले नियमित रुपमा औषधी पनि खाइरहेको कार्यक्रममा जानकारी गराइयो ।

दमक नगर प्रमुख थापाले सो कक्षको उदघाटन पश्चायत दमकबासीले मात्रै नभएर आसपासका र अन्य जिल्लाका पालिकाबासीले समेत लाभ लिन सक्ने बताए । दमक अस्पतालको व्यवस्थापन र सेवा सुविधाका बिषयलाई लिएर सामाजिक सञ्जालमा आएका टिका टिप्पणीप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अहिले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त र प्रभावकारी बनाउँदै सवल रुपमा व्यवस्थापन गर्ने बिषयमा सिंगो नगरपालिका कटिबद्ध रहेको उल्लेख गरे । उनले अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिएर आवश्यक पर्ने अन्य उपकरण तथा बन्दोबस्तीका सामग्रीहरुको व्यवस्थापन काममा लागेको पनि जनाए ।

कार्यक्रमको सञ्चालन दमक नगर स्वास्थ्य निरिक्षक बद्री बरालले गरेका थिए भने दमक अस्पतालका सिनियर अहेब नगेन्द्र भट्टराईले कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य गरेका थिए ।

कार्यक्रममा फेयर मेडकी राष्ट्रिय संयोजक निर्मला शर्माले दमक नगरपालिकाका सिनियर अहेब नगेन्द्र भट्टराईलाई सो कक्षमा आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेकी थिइन ।

उदघाटन कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु ख्यामकुमारी परियार, शारदा भट्टराई, दमक १ का वडाध्यक्ष हरी न्यौपाने, वडा नं ७ का वडाध्यक्ष भिम प्रसाद पौडेल, वडा नं ८ का वडाध्यक्ष दिपेश दाहाल, ९ का वडाध्यक्ष कुबेर भट्टराई लगायत दमकस्थित आम्दा अस्पतालका मेडिकल सुपरिण्टेन्डेन्ड डा प्रकाश शर्मा, नमस्ते पब्लिक हस्पिटलका मेसु डा.बेदनिधी खतिवडा, निम्स नेशनल हस्पिटलका मेसु नविन सिंह लगायत स्वास्थ्य सरोकारवालाहरु सहभागी थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *