काठमाडौं, ४ पुस–नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई) को अध्यक्षमा तीर्थ कोइराला सर्वसम्मत चुनिएका छन्।
आइतबार सम्पन्न इन्स्टिच्यूटको १७ औँ साधारणसभाले पत्रकार कोइरालाको अध्यक्षतामा कार्यसमिति समेत गठन गरेको हो। उपाध्यक्षमा नीता सापकोटा, महासचिवमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा अमिका रजथला चुनिएका छन्।
यस्तै तपानाथ शुक्ल, मन्टेश्वरी राजभण्डारी, कपिल काफ्ले, मोहन नेपाली, गंगादेवी गुरुङ, अरुण पौडेल, वसन्त रूपाखेती र श्रीमन् शर्मा ९विज्ञान० सदस्य चुनिएका छन्।
साधारणसभामा निवर्तमान अध्यक्ष निलकण्ठ उप्रेतीले एनपीआईलाई देशकै प्रतिष्ठित सञ्चार संस्थाबनाउनुपर्ने बताए। नवनिर्वाचित अध्यक्ष तीर्थराज कोइरालाले एनपीआर्इले सञ्चालन गरिरहेका १० महिने पत्रकारितासहितका तालिमलाई थप व्यवस्थित गर्नुपर्ने बताए।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव लक्ष्मण उप्रेतीले आपरिवर्तित परिस्थितिमा अझ स्तरीय र व्यावसायिक पत्रकारिताका हितका कार्यक्रम अघि बढाउनु पर्ने धारणा राखे।
काठमाडौंमा केन्द्रीय कार्यालय रहेको एनपीआईको तथा नेपालगञ्ज र विराटनगरमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालनमा छन्। संस्थाले काठमाडौंमा १० महिने पत्रकारिता तालिम तथा स्रोत केन्द्रमार्फत पत्रकारिता तालिम र एफएम रेडियो सञ्चालन गरिरहेको छ।
