काठमाडौं, ६ पुस–प्रतिनिधिसभा सांसदको शपथअघि ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राणाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई भोलि १२ बजे बोलाएका हुन् । बैठकमा शपथसम्बन्धी कार्यक्रमको जानकारी गराइनेछ ।

बैठकमा १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ । बैठक संघीय संसद भवनमा बस्ने छ । सांसदको शपथ समय दिउँसो १ बजे तोकिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *