काठमाडौं, ७ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । प्रतिनिधि सभामा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गठबन्धनले निरन्तरता पाउने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘सबै प्रक्रिया सहज ढंगले अघि बढ्छ । सरकार सहज ढंगले यही गठबन्धनको सरकार बन्छ ।’ प्रचण्डले प्रधानमन्त्री को बन्छ ? भन्नेबारे बोल्न भने चाहेनन् । उनले भने,’ प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौं । अझै निर्णय लिइसकेका छैनौं ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *